२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या बढ्यो

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या बढ्यो
अ अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चौबीस घण्टामा एक हजार ५७० को नमूना परीक्षण गरिएको थियो । प्रदेशमा हाल सक्रिय सङ्क्रमित ३५३ छन् । 

कोरोना भाइरस फैलिएयता हालसम्म प्रदेशमा एन्टिजेन परीक्षण एक लाख ४५ हजार २७५ र पीसीआर परीक्षण दुई लाख छ हजार ९५४ समेत जम्मा तीन लाख ५२ हजार २२९ जनाको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएकामध्ये ४७ हजार २९८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित हुनेमध्ये हालसम्म ४६ हजार ५९८ जना सङ्क्रमणमुक्त भएका छन् । पाँच सय ९७ सङ्क्रमितको मृत्यु भएको छ । स्वाथ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले अवस्था जटिल बनेपछि मात्र सङ्क्रमितलाई अस्पताल पु¥याउने वा सङ्क्रमित व्यक्तिमा कुनै दीर्घ रोगी भएर नै मृत्युदर बढेको हुनसक्ने बताउनुभयो । 

पछिल्लो एक हप्तामा उपचाररत पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । अघिल्लो हप्ता मृत्युदर योभन्दा कम थियो । पछिल्लो हप्तामा २०० सङ्क्रमित थपिँदा २५५ जना सङ्क्रमणमुक्त भएका छन् । 
 
गएको २४ घण्टामा डडेलधुरा जिल्लाका ७० वर्षीय एक पुरुषको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गएको शुक्रबार मात्रै कैलाली जिल्लाका ९० वर्षीय र ७० वर्षीय गरी दुई पुरुष सङ्क्रमितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो ।