१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा देउवा पक्षका उम्मेदवारलाई पराजित गर्दै निलकाजी विजयी



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकामा आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निलकाजी शाक्य विजयी भएका छन्। सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार प्रगतिमान रञ्‍चितलाई पराजित गर्दै  शाक्य दोब्बर मतान्तरको फरमा सभापतिमा निर्वाचित भएका हुन्। 

शाक्यले रामचन्द्र पौडेल र प्रकाशमान सिंहको समर्थन पाएका थिए । नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुन् । 

यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत केसीले बताउनुभयो । 

लामो समयपछि भएको काठमाडौँ महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौँको मतदान भएको थियो । काठमाडौँ महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा ३२ वडा रहेका छन् । 
    
यसअघि काठमाडौँको सात निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले राससलाई जानकारी दिनुभयो । दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन समिति अगाडि बढिरहेको छ ।