• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

आईपीएलः गुजरातद्वारा पञ्जाब ६ विकेटले पराजित



एजेन्सी । गुजरात टाइटन्सले रोमाञ्चक खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । आईपीएल २०२२ को १६ औं खेलमा, गुजरातले अन्तिम ओभरमा १९ रन बनाएर सिजनको आफ्नो लगातार तेस्रो जित दर्ता गरेको हो । पञ्जाबले दिएको १९० रनको लक्ष्य हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातको टोलीले चार विकेटको क्षतिमा पूरा गर्यो ।

जितसँगै टाइटन्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गुजरातका लागि शुभमन गिलले सर्वाधिक ९६ रन बनाए भने राहुल तेवटियाले अन्तिम दुई बलमा दुई छक्का प्रहार गर्दै खेल समाप्त गरे ।

पञ्जाबले दिएको १९० रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात राम्रो हुन सकेन । म्याथ्यु वेड ६ रन बनाएर आउट भए । तर, यसपछि शुभमन गिल र डेब्यु गरेका साई सुदर्शनले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीको स्कोर १३३ रनमा पुर्याएका थिए । सुदर्शन ३० बलमा ३५ रन बनाएर आउट भए । उनको आउट भएपछि गिल र कप्तान हार्दिक पाण्ड्याले मिलेर इनिङ्सलाई सम्हाले र ३३ रनको साझेदारी गरे । यस क्रममा गिलले २९ बलमा आफ्नो अर्धशतक पूरा गरे ।

गुजरातको टोली एक समय सहज जिततर्फ अघि बढिरहेको थियो तर रबाडाले गिललाई ९६ रनमा आउट गरे । हार्दिक पनि दुई रन पछि रनआउट भए । गुजरातको टोलीले अन्तिम ६ बलमा १९ रन बनाउनु परेको थियो । मिलरले चौका प्रहार गरे । गुजरातलाई वाइडबाट एक र सिंगलबाट दुई रन मिल्यो । अन्तिम दुई बलमा १२ रन आवश्यक थियो, जसलाई तेवटियाले दुई छक्का प्रहार गर्दै रोमाञ्चक जित दिलाए ।

यसअघि मुम्बईको ब्रेबोर्न स्टेडियममा गुजरातले टस जितेर पन्जाबलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पञ्जाबको सुरुवात राम्रो हुन सकेन र दोस्रो ओभरमा कप्तान मयंक अग्रवालले ५ रनमा विकेट गुमाए । सिजनको पहिलो खेल खेलेका जोनी बेयरस्टोले खासै केही गर्न सकेनन् र आठ रन बनाएर आउट भए । तर, त्यसपछि शिखर धवन र लियाम लिभिङस्टोनले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । धवन ३० बलमा ३५ रन बनाएर आउट भए । यसपछि जितेश शर्माले केही सानदार शट खेले तर उनी पनि ११ बलमा २३ रन बनाएर आउट भए ।

अर्कोतर्फ, लियाम लिभिङस्टोनले २१ बलमा आफ्नो अर्धशतक पूरा गरे । यसपछि उनी पनि २७ बलमा ६४ रन बनाएर आउट भए । त्यसलगत्तै पञ्जाबले ३२ रनमै ६ विकेट गुमाएको थियो । अन्तिम ओभरमा राहुल चाहर २२ रन नटआउट र अर्शदीप सिंह १० रनमा नटआउट रहेर १३ बलमा २५ रनको अतुलनीय साझेदारी गर्दै टोलीको स्कोर १८९ रनमा पुर्याएका थिए । गुजरातका लागि राशिद खानले सर्वाधिक ३ विकेट लिए भने डेब्यु गरेका दर्शन नलकन्देले २ विकेट लिए ।