१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : सविन, ढुकु र शङ्खमूलको जीत



अ+ अ-

कास्की । अभिनाश तामाङको दोहोरो ह्याट्रिकसँगै घरेलु टोली सविन मेमोरियलले पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा महत्वपूर्ण जीत दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको प्रतिस्पर्धामा सविन मेमेरियलले प्रभातफेरी युथ क्लबमाथि ८–४ गोल अन्तरको जीत निकालेको हो ।

जीतसँगै आठ खेलबाट १३ अङ्क जोडेको सविनको ‘प्ले अफ’मा पुग्ने सम्भावनासमेत कायमै राखेको छ । समान खेलबाट प्रभातफेरीको भने सात अङ्क मात्र छ । तामाङले पहिलो हाफको पाँचौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकामा १२औँ मिनेटमा दुई गोल गर्दै पहिलो ह्याटिक गर्नुभयो ।

यसैगरी दोस्रो हाफको २२औँ र २३औँ तथा ३०औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गर्नुभएको थियो । लिगको एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्नुभएका तामाङ लिगकै सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा रहनुभएको छ । उहाँले हालसम्म १८ गोल गर्नुभएको छ । सविनका मनोज गुरुङले दुई गोल गर्नुभएको थियो ।

प्रभातफेरीका डोना थापाले दुई तथा एक्लेस कार्की र नवीन लामाले एकरएक गोल गर्नुभयो । यसैगरी ढुकु फुटसल केन्द्र र मछिन्द्र स्काइ गोल्सका बीचको खेलमा ढुकु फुटसल विजयी भएको छ । ढुकुले मछिन्द्रलाई ७–५ गोल अन्तरले पराजित गर्न सफल भयो ।
 
ढुकुको जीतमा विक्रान्त नरसिंह रानाले चार, उरकेन शेर्पा र प्रसिद्ध मगरले एक÷एक गोल गर्नुभयो । मछिन्द्रका लागि अमित तामाङले दुई तथा मनोज राई, आशिष सुनम र कप्तान संजोग चाम्लिङले समान एक÷एक गोल गर्नुभयो । अन्तिम खेलमा शङ्खमूल फुटसलले झरना फुटसललाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगायो । शङ्खमूलका जेनिस प्रजापतिले ह्याट्रिक गर्नुभयो । योगेश श्रेष्ठ, सविन खड्का, आरजु सिंह र क्रिजल खड्काले समान एक एक गोल गर्नुभएको थियो । 

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले देशमै पहिलोपटक फुटसल लिगको आयोजना गरेको हो । असोज २ गतेदेखि सञ्चालन भइरहेको लिग आगामी असोज २२ गतेसम्म जारी रहनेछ । लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।