• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   अष्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरको सन्यास ★   विशेष महाधिवेशन गरेर राप्रपा नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: रेखा थापा ★   काली नदी पूर्वका सबै भूभाग नेपालको रहेकामा स्पष्ट छौँः प्रधानमन्त्री ★   रासिद खानले बनाए विश्व कीर्तिमान ★   ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई ★   वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित ★   क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी ★   मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ: प्रधानमन्त्री ★   मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग ★   २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला

गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाइन्छ: मन्त्री आले



कैलाली। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताउनुभएको छ ।

कैलालीको धनगढीमा आज धनगढी उपमहानगरपालिका र नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा० सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन क्षेत्रको विकास गर्न भए पनि यो विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “धनगढी विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल बनाउछौँ भनेर थुप्रै मन्त्री नेता आए तर कसैले पनि बनाएन, अब मैले बनाएरै देखाउछु ।” मन्त्री आलेले धनगढी विमानस्थलको स्तरोन्नतीसहित क्षेत्रीय स्तरको विमानस्थल बनाए यहाँबाट पोखरा, विराटनगर, भैरहवा, वीरगञ्जलगायतका ठूला सहरमा जहाज सञ्चालन गरिने र सुदूरपश्चिम क्षेत्रको विकासमा थप टेवा पुग्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पोखरा पर्यटकको राजधानी हो, त्यो राजधानीसँग धनगढी जोडिएको छ, मैले पोखरा र धनगढीलाई जतिसक्दो चाँडै जोड्ने काम गरेर देखाउछु ।”

मन्त्री आलेले धनगढी विमानस्थलको जमिन अधिग्रहणका लागि आफू मन्त्री भएपछि आफ्नै पहलमा रु एक अर्ब विनियोजन गरेको र आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा पनि १० अर्ब बजेट सिलिङमा राखेर जग्गा अधिग्रहण गरी क्षेत्रीय विमानस्थल निर्माणका लागि काम सुरु गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । यसैगरी मन्त्री आलेले नेपाल, भारत र चीन जोड्नका लागि आफुले खुटिया, बिपीनगर, दिपायल, बझाङ उरैहुँदै चीनको ताक्लाकोटसम्म जोड्न फाष्ट ट्रयाक निर्माणको पहल थालेको पनि जानकारी दिनुभयो ।

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र आफू सुदूरपश्चिमकै भएकाले सुदूरपश्चिम क्षेत्रको विकास तथा विस्तारका लागि सधँै अग्रसर रहेको जिकिर उहाँले गर्नुभयो । मन्त्री आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन हुन्छ, पाँच किलोका ढक भन्नेलाई परास्त गरेरै छाडिन्छ ।” रासस