१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटमा सरकारको लगानी कम छ, तर सन्तुष्ट छौँ : ज्ञानेन्द्र मल्ल



अ+ अ-

दमौली । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कप्तान मल्लले जे छ त्यसैमा चित्त बुझाउनुपर्नेमा जोड दिनुभयो । “यो भएन त्यो भएन भनेर गुनासो गर्ने होइन, जे छ त्यसैमा चित्त बुझाउँदै अगाडि बढ्नुपर्छ, समग्र खेल क्षेत्रमा लगानी कम छ”, उहाँले भन्नुभयो, “तर सरकारको लगानीप्रति सन्तुष्ट छु ।” खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताउँदै मल्लले क्रिकेट रङ्गशाला बनाउनेभन्दा पनि त्यसको मापदण्डमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । 

क्रिकेटकै कारण आज आफू यो स्थानमा रहेको बताउँदै मल्लले भन्नुभयो, “मलाई अहिलेसम्म जति पनि उपलब्धि हासिल भयो, सबै क्रिकेटबाटै भयो । धैर्यता, मिहिनेत र लगनशीलता भए सफलता हासिल गर्न सकिन्छ ।” मल्लले हरेक युवाले आआफ्नो रुची अनुसारको काम र पेशा अवलम्बन गर्नुपर्ने बताउँदै क्रिकेट रोजेकामा आफू सन्तुष्ट रहेको बताउनुभयो । सो क्रममा कप्तान मल्लले क्रिकेटका लागि आफूले गरेको सङ्घर्षका बारेमा युवामाझ अनुभव राख्नुभएको थियो । 

व्यास नगरपालिकाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका युवालाई समेटेर गठन गरिएको परिषद्का सदस्यलाई शनिबार र आइतबार अभिमुखीकरण प्रदान गरिएको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले समाज विकासको अभियानमा युवालाई जोड्न चाहेको बताउनुभयो । युवासँग प्रतिभा रहेकाले युवाको प्रतिभा पहिचान गरी सामाजिकीकरणको अभियानमा नगरपालिका रहेको न्यौपानेले बताउनुभयो । 

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले युवा परिवर्तनका संवाहक भएकाले युवाले आफ्नो क्षमता पहिचान गर्न सक्नुपर्नेमा जोड दिनुभयो । युवा अभियान्ता अपार पौडेलले युवा सधैँ सकारात्मक हुनुपर्ने बताउँदै रचनात्मक काममा युवाको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । युवा नेतृ एलिजा ढकालले अबको नेतृत्व गर्ने भनेको युवाले नै भएकाले युवाले चाहे परिवर्तन सम्भव रहेको बताउनुभयो ।