५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको मौलिक हक कार्यान्वयन गर्न भूमिहीनलाई जग्गा वितरणः डा देउवा



अ+ अ-

धनगढी । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्न सरकारले भूमिहीनलाई जग्गा उपलब्ध गराइरहेको बताउनुभएको छ ।

धनगढी उपमहानगरपालिका—९ मा रहेका भूमिहीनलाई आज जग्गाधनी पूर्जा वितरणको सुरुआत गर्दै उहाँले भन्नुभयो ‘‘भूमिहीन नागरिकलाई जग्गा तथा आवासको सुविधा नागरिकको मौलिक हक हो, नेपाल सरकारले यसका लागि सक्दो प्रयास गरिरहेको छ ।’’

भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालयले धनगढी उपमहानगरपालिका क्षेत्रका भूमिहीनलाई आज जग्गा धनी पूर्जा वितरणको कार्य सुरु गरेको हो । कांग्रेस केन्द्रीय सदस्य डा देउवाले नेपाल सरकार भूमिहीन नागरिकका समस्यासँग जानकार रहेको र उनीहरुलाई जग्गा उपलब्ध गराइरहेको भन्दै बाँकी भूमिहीनहरुलाई पनि चरणबद्ध रुपमा जग्गाधनी पूर्जा वितरण गर्ने जानकारी दिनुभयो ।

नेत्री डा देउवाले यस क्षेत्रमा वर्षौंदेखि भूमिहीन अवस्थामा रहेका दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राख्न धनगढी उपमहानगरपालिकालाई आग्रह पनि गर्नुभयो । उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले यस क्षेत्रका भूमिहीनका समस्यालाई आफूहरुले प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रिय भूमि आयोगका कैलाली जिल्ला अध्यक्ष यज्ञराज उपाध्यायले आयोगका गतिविधिहरुबोर प्रकाश पार्नुभएको थियो ।

सो वडाका १९ भूमिहीन दलित परिवारलाई उनीहरुले भोगचलन गरेको आधारमा कम्तीमा एकदेखि पाँच कठ्ठा जग्गासम्मको धनी पूर्जा वितरण गरिएको हो । भूमिसम्बन्धी समस्या समाधान आयोगको स्थानीय कार्यालयले बाँकी रहेका भूमिहीनलाई पनि आगामी दिनमा क्रमशः धनी पूर्जा वितरण गरिने जनाएको छ ।

राष्ट्रिय भूमि आयोग र धनगढी उपमहानगरपालिकाबीच भएको सम्झौता बमोजिम उपमहानगरका वडामा रहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत सङ्कलनको काम पूरा गरिसकेको छ । आयोगको धनगढीस्थित सेवा केन्द्रका प्रमुख बागेश्वरदत्त ओझाले अन्य वडामा पनि भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोवासीको भोगचलनमा रहेको जग्गाको लगत सङ्कलन गरी सम्बन्धित परिवारलाई जग्गाको निस्सा दिने काम पनि भइरहेको बताउनुभयो ।

‘‘यही निस्साका आधारमा स्थलगत रुपमै जग्गाको नाप नक्सा गरी सम्बन्धितका नाममा जग्गा दर्ता प्रक्रिया सुरु गर्ने भनिएको छ’’, ओझाले भन्नुभयो, ‘‘हाल उपमहानगरका वडा नं ७, ११ र १३ मा स्थलगत रुपमा खटिएको कर्मचारीको टोलीले जग्गाको नाप जाँचको काम गरिरहेको छ ।’’ आयोगको धनगढीमा रहेको सेवा केन्द्रमा उपमहानगर क्षेत्रमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी झण्डै १६ हजार ३१५ को लगत सङ्कलन भएको छ ।