२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षमा सुबिसुको अफर : आकर्षक मूल्यमा ४ डिजिटल टिभी सहित हाई स्पिड इन्टरनेट



अ+ अ-

काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा आकर्षक ‘शुभकामना अफर’ सार्वजनिक गरेको छ । कम्पनीले चार ओटा डिजिटल टिभी सहितको उच्च गतिको इन्टरनेट प्याकेज आकर्षक मूल्यमा उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार ग्राहकले शुभकामना अफर अन्तर्गत केवल मासिक १७७० रुपैयाँमा प्रिमियम प्याकेज सहित चार डिजिटल टिभी र ६५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । जसका लागि ग्राहकले एक वर्षको प्याकेज लिनुपर्नेछ ।

वार्षिक प्याकेजको मूल्य भ्याट बाहेक २१ हजार २३९ रुपैयाँ रहेको छ । यो प्याकेजमा डुअल ब्यान्ड ओएनयू (५ गिगाहर्ज), एक्टिभेसन चार्ज, एक्टिभेसन सहित एउटा क्लियर टिभी सेट टप बक्स र वायर समावेश गरिएको छ ।