• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

आईपीएलः पञ्जाब र गुजरात भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं खेल अन्तर्गत आज राति (७ः४५ बजे)गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच मुम्बईको ब्रेबोर्न स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । आईपीएलमा दुवै टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

यस सिजनमा पन्जाबको टोलीले तीन खेलमध्ये दुई खेल जितेको छ । अर्कोतर्फ, गुजरात यो सिजन एक खेल पनि नहार्ने एकमात्र टोली हो। गुजरातले दुई खेल खेल्दा दुवैमा जित निकालेको छ । यद्यपि, हार्दिकको कप्तानीमा रहेको टोली अझै सन्तुलित देखिएको छैन । गुजरातका लागि शुभमन गिलले राम्रो इनिङ खेलेका छन्, तर टोलीमा अन्य भरपर्दो ब्याट्सम्यानको अभाव खड्किएको छ ।

गुजरातले पहिलो खेलमा लखनउलाई पराजित गरेको थियो भने दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो । यसैगरी, पञ्जाबले पहिलो खेलमा बैंगलोरविरुद्ध २०० रनको लक्ष्य पछ्याएको थियो भने कोलकातासँग पराजित भएको थियो। तेस्रो खेलमा पञ्जाबले चेन्नईलाई ५४ रनको ठूलो अन्तरले पराजित गरेको थियो ।

यो सिजन पञ्जाब किंग्सको ब्याटिङ पक्ष निकै बलियो छ । टोलीमा धेरै विस्फोटक ब्याट्सम्यान छन् । पञ्जाबसँग आठ उत्कृष्ट ब्याट्सम्यान छन्, जसमध्ये सातौं क्रमसम्म पनि खेलको नतिजालाई आफ्नो पक्षमा ल्याउने क्षमता छ । जसको उदाहरण रबाडाले बलिङमा मात्र नभर्य ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्नु हो । तर, पञ्जाबको बलिङ त्यति बलियो छैन ।

पञ्जाबसँग रबाडा र अर्शदीप तथा वैभव अरोरामा दुई राम्रा फास्ट बलरहरू छन् जुन आफ्नो पहिलो खेलमा प्रभावित भएका थिए । त्यसमध्ये वैभवसँग अनुभवको कमी रहेकाले टिमले उनीबाट त्यती अपेक्षा गर्न सक्दैन । स्पिनको जिम्मेवारी राहुल चाहरको काँधमा छ र प्रदर्शन उत्कृष्ट छ, तर टोलीमा अन्य स्पिनर छैनन् । लियाम लिभिङस्टोनले अन्तिम खेलमा राम्रो प्रदर्शन गरे पनि उनीमाथि धेरै भरोसा गर्न गाह्रो छ ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातको कुरा गर्दा यो टोलीको सबैभन्दा ठूलो पक्ष भनेको बलिङ हो । गुजरातसँग सामी र लोकी फर्गुसन दुई उत्कृष्ट फास्ट बलर छन्, जो लगातार विकेट लिन सक्ने क्षमता राख्छन् । यस्तै, टी–२० का सबैभन्दा खतरनाक स्पिनर राशिद खान पनि यो टोलीमै छन् । कप्तान हार्दिक पाण्डेले पनि राम्रो पेस र लाइन लेन्थका साथ बलिङ गरिरहेका छन् । यसका अलावा राहुल तेवाटिया र विजय शंकरले पनि बलिङ गर्न सक्छन् ।

अर्कोतर्फ गुजरातको ब्याटिङ निकै कमजोर छ । शुभमन गिल बाहेक कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेका छैनन् । राहुल तेवाटिया, कप्तान हार्दिक र मिलरलगायत धेरै ब्याट्सम्यानको सानो योगदानले यो टोलीले दुई खेलमा जित पक्कै जितेको छ, तर ठूलो लक्ष्य पाएमा यो टोली दबाबमा आउन सक्छ ।