३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै



अ+ अ-

मनाङ । टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा बिहीबारदेखि तथा एउटा पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ ।

जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित स्वास्थ्य केन्द्र गरी २३ खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका बाबुराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ८० प्रतिशत भन्दा बढी खोप केन्द्र विद्यालयमा राखिएको छ । विद्यालयको खोप केन्द्रमार्फत ५३९ र विद्यालय बाहिर १८१ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ ।

पहिलो चरणमा चैत २५ गतेदेखि २९ गतेसम्म नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिकामा खोप अभियान सुरु गरिएको छ । दोस्रो चरणमा चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म नार्पाभूमि गाउँपालिकामा खोप दिइनेछ । पन्ध्र महिनादेखि १५ वर्षमुनिकालाई खोप दिइँदैछ । अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ७२ जना परिचालन गरिएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाका स्वास्थ्यकर्मीलाई यसअघि नै तालिम प्रदान गरिएको आचार्यले बताउनुभयो ।