१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका प्रधानमन्त्री सुगाको राजीनामा, आजै किसिदा १०० औं प्रधानमन्त्री बन्दै



अ+ अ-

जापान । जापानका प्रधानमन्त्री योसिहिदो सुगाले पदबाट राजीनामा दिएका छन्। जापानको राजधानी टोकियोमा आज बिहान बसेको मन्त्रीपरिषदको बिशेष बैठकमा सुगाले राजीनामा दिएको बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउदै अघिल्लो वर्ष  राजीनामा दिएपछि सुगा नया प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । कुल ३८४ दिन प्रधानमन्त्रीको पदभार सम्हालेर सुगाले राजीनामा दिएका हुन् ।

नया प्रधानमन्त्री चयनका लागि आजै दिउसो संसदको बिशेष अधिबेशन सुरु हुदैछ । गत महिनाको २९ तारिख सम्पन्न भएको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको अधेबेशन बाट किसिदा फुमिओ नेतृत्वमा आएका छन् । 

आज हुने संसद्को बिशेष अधिबेशन बाट किसिदा फुमिओ जापानको १०० औँ प्रधानमन्त्री बन्दैछन । नया बन्ने प्रधानमन्त्रीले मन्त्रीहरुको नाम समेत टुङ्गाइसकेका छन् । किसिदा क्याबिनेटमा सुगा क्याबिनेटका २ मंत्री बाहेक अरु नया अनुहार प्रवेश गर्ने पक्कापक्की भैसकेको छ ।