२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाको पहलमा नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ ।

वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको विकास गर्ने नीतिअनुसार रु तीन करोड ५० लाख लगानीमा उद्यान निर्माण गरेर ११ ठाउँका गरी करिब ५० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको वडाध्यक्ष रामकुमार केसीले राससलाई जानकारी दिनुभयो । नयाँबानेश्वर, छक्कुबक्कु, जोगीकुटी, संयुक्त राष्ट्रसङ्घीय उद्यान (युएन पार्क), सेतो गणेशस्थानसँगैको स्थललगायत स्थानको सार्वजनिक जग्गा वडाको नेतृत्वमा संरक्षण भएको हो ।

सार्वजनिक जग्गा संरक्षणका लागि यस क्षेत्रबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले समेत सहयोग गर्नुभएको वडा कार्यालयले जनाएको छ । मन्त्री श्रेष्ठले प्रदेशसभा सदस्यका रूपमा मात्र प्रतिनिधित्व गर्दा पनि सार्वजनिक जग्गामा रोपेको मकै काटेर उद्यान निर्माण गर्ने कामको नेतृत्व गर्नुभएको थियो । विभिन्न विद्यालय एवं व्यक्तिले मिचेका बागमती र रुद्रमती नदी किनारका जग्गा खाली गर्न पनि मन्त्री श्रेष्ठले आफैँ स्थलगतरूपमा खटेर सहयोग गर्नुभएको छ ।

विभिन्न व्यक्ति एवं संस्थाले मिचेका करिब २० रोपनी जग्गा भने अझै संरक्षणमा ल्याउन नसकिएको वडाध्यक्ष केसीले सुनाउनुभयो । ती जग्गा पनि संरक्षण गर्ने गरी वडा कार्यालयले योजना बनाइसकेको छ । संरक्षण गरिएका र गर्न बाँकी जग्गामा बनेको उद्यानलाई भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने गरी खुला स्थलका रूपमा विकास गरिएको छ ।