४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

पुँजीबजारमा भएका समस्याको समाधान नेतृत्वको काम कारबाहीबाट हुने : अर्थमन्त्री शर्मा

पुँजीबजारमा भएका समस्याको समाधान नेतृत्वको काम कारबाहीबाट हुने : अर्थमन्त्री शर्मा
फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नु भएको छ । 

बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नु भएको हो । पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताउनु भयो । उहाँले पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको कामकारबाहीले देखिने दावी गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘त्यो सबैको परिमाण के गरियो भने एउटा सक्षम योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले शेयर बजारमा भएका समस्याको समाधानमा उहाँहरुको काम कारबाहीबाट देखिने छ ।’

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताउनु भयो । उहाँले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताउनु भयो । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘ शेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । सुधारको लागि कानून पर्छ । त्यसमा ’टिएमएस प्रणाली’सुधार गर्नु पर्ने देखिएको छ । त्यो सुधार गर्न बोर्ड लागि रहेको छ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धि ऐन समय सापेक्ष नभएको बताउनु भएको छ । उहाँले पुँजीबजार सुधारको लागि अहिले भएका नीतिगत व्यवस्थाहरुलाई संशोधन गर्नु पर्ने आवश्यक रहेको बताउनु भयो । कार्कीले शेयर बजारलाई प्रभावकारी बनाउनको लागि प्राविधिको अध्ययन गर्नु पर्ने जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो,‘कसरी प्रभावकारी रुपमा हाम्रो मन्त्रालय र सरकारको स्पेश बढाउन सकिन्छ भनेर विभिन्न पक्षहरुसँग छलफल भइरहेको छ। केही भएका प्रावाधनहरु र नेप्सेमा जडान गरिएका प्रविधिहरुको अध्ययन गर्ने काम भएको छ । मन्त्री ज्युको निर्देशन अनुसार पुँजीबजार सम्बन्धि नीतिगत सुधारको लागि पुँजीबजार ऐन २०६३ रहेको छ । यो ऐन समय सापेक्ष छैन । त्यसलाई पनि हामीले सुधार गर्नुपर्छ ।’

त्यस्तै अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तराष्ट्रिय बजारमा प्रभावकारी देखाउनु पर्ने बताउनु भयो । उहाँले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘ शेयर बजार भनेको आन्तरिक रुपमा भन्दा पनि अन्तर्राष्ट्रिय एपिएसबाट लिङकेजबाट प्रभावित हुन्छ। हाम्रा कारोबारहरु अन्तर्राष्ट्रिय र आन्तरिक रुपमा कम्फटेवल हुनु पर्छ । त्यसको लागि नेप्से र सेवनका काम कारबाहीको पद्धतिलाई पनि विभिन्न छिमेकी मुलुकहरुसँग हाम्रा जस्तै अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग पनि आवद्धता बढाउने काम अगाडि बढेको छ । अटोमेसनका कुरामा पुँजी व्यवस्थापनको लागि अर्थमन्त्रालयले काम गरिरहेको छ ।’ 

कार्यक्रममा पुँजीबजारलाई नियमनकारी निकायका दुबै प्रमुखले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने जोड दिनु भएको छ । अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउनु निर्देशन दिनु भएको छ भने पुँजीबजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनु पर्ने बताउनु भयो ।