• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

माओवादीले खोल्यो ललितपुर १८ को वडा कार्यालय



Pampha Bhusal
उर्जा मन्त्री पम्फा भुसाल पार्टी कार्यालयकाे शुभारम्भका अवसरमा ।

संगठन संरचना निकै कमजोर रहेको नेकपा (माओवादी केन्द्र) ले ललितपुर महानगरपालिका वडा नं १८ मा पार्टीको कार्यालय खोलेको छ । आगामी स्थानीय र संघ एवं प्रदेशको चुनावलाई ध्यानमा राखेर पार्टीको वडा कार्यालय खुलेको हो ।

पार्टी कार्यालयको उदघाटन गर्दैै ऊर्जा मन्त्री एवं ललितपुर–३ की सांसद पम्फा भुसालले नेकपा माओवादी केन्द्रले पार्टीलाई स्थायित्व दिन अबका दिनमा पार्टी संगठन चुस्त बनाउन लागेको बताउनुभयो ।

उहाँले आगामी स्थानीय चुनावमा सत्तारुढ गठबन्धनसँग मिलेर चुनाव लड्ने पनि बताउनुभयो । वडामा सक्रिय राजनीतिक दलहरु नेपाली काँग्रेससँग सहकार्य गर्नेगरी तयारी गर्न र छलफल अगाडि बढाउन पनि उहाँले निर्देशन दिनुभयो ।

गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं. १८ मा नेकपा एमाले विजयी भएको थियो भने कमजोर उम्मेदवार दिएका कारण नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको थियो ।