२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले खोल्यो ललितपुर १८ को वडा कार्यालय



Pampha Bhusal
उर्जा मन्त्री पम्फा भुसाल पार्टी कार्यालयकाे शुभारम्भका अवसरमा ।
अ+ अ-

संगठन संरचना निकै कमजोर रहेको नेकपा (माओवादी केन्द्र) ले ललितपुर महानगरपालिका वडा नं १८ मा पार्टीको कार्यालय खोलेको छ । आगामी स्थानीय र संघ एवं प्रदेशको चुनावलाई ध्यानमा राखेर पार्टीको वडा कार्यालय खुलेको हो ।

पार्टी कार्यालयको उदघाटन गर्दैै ऊर्जा मन्त्री एवं ललितपुर–३ की सांसद पम्फा भुसालले नेकपा माओवादी केन्द्रले पार्टीलाई स्थायित्व दिन अबका दिनमा पार्टी संगठन चुस्त बनाउन लागेको बताउनुभयो ।

उहाँले आगामी स्थानीय चुनावमा सत्तारुढ गठबन्धनसँग मिलेर चुनाव लड्ने पनि बताउनुभयो । वडामा सक्रिय राजनीतिक दलहरु नेपाली काँग्रेससँग सहकार्य गर्नेगरी तयारी गर्न र छलफल अगाडि बढाउन पनि उहाँले निर्देशन दिनुभयो ।

गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं. १८ मा नेकपा एमाले विजयी भएको थियो भने कमजोर उम्मेदवार दिएका कारण नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको थियो ।