२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र संकटमा, अर्थमन्त्री केमा ?



file
अ+ अ-

काठमाडौं । गत सोमबार अर्थमन्त्रालयको सभाहल । देशका कमर्सियल बैंकका अधिकांश सिइओ उपस्थित थिए । उनीहरुलाई अर्थमन्त्रालयले १०ः३० मै उपस्थित हुन आमन्त्रण गरेको थियो । त्यसैबमोजिम पुगेका थिए उनीहरु । तर त्यो समयमा मन्त्रालयमा न मन्त्री थिए र नत सचिव नै । उनीहरु आधा घन्टा यसै बसिरहे । आपसमा उनीहरुको कुराकानी भयो देशको अर्थतन्त्रको, बैंकिग अवस्थाको ।

त्यस्तै सवा ११ बजेतिर हस्याङ फस्याङ गर्दै छिरे अर्थमन्त्री जनार्दन शर्मा । तर साथमा अर्थ सचिव मधु मरासिनी भने थिएनन् । मन्त्री एक्लै थिए । त्यसपछि आफूले डेढ मिनेटमा केही वाक्यांश बोले र देशको अर्थतन्त्रको अवस्था त तपाइँहरुलाई थाहै छ भनेर टुंग्याए । त्यसपछि आदेश दिए– ल तपाइँहरुका के सुझाव छन् फटाफट भन्नुस् त मसँग समय थोरै छ ।

त्यसपछि बैंकका दुई जना जति सिइओले आफ्ना कुरा के राखेका थिए मन्त्री शर्माको फेरि अर्काे आदेश आयो– लौ तपाइँहरु छलफल गर्दै गर्नुहोस् है त्यहाँ मन्त्रिपरिषदमा कोरम पुगेन रे म मन्त्रिपरिषदमा पुगेर आउँछु । त्यसपछि पनि करिब डेढ घन्टाजति सिइओहरु बसे र पछि आफ्नो व्यस्तता अनुसार उनीहरुमा पनि एक अर्काे गरी उठेर हिंड्न थाले । पछि २ बजेसम्म पनि मन्त्री मन्त्रालयल फर्केको थिएनन् ।

एकजना सिइओले मन्त्रीजीको त्यस दिनको प्रस्तुति र आफूहरुको अर्थ मन्त्रालयको पट्यारलाग्दो पर्खाइ बडो टिठलाग्दो र हाँस्यास्पद थियो । अर्का एक सहभागीले भने– देशको यस्तो अवस्था छ । कतिपय अर्थशास्त्रीहरुले अब नेपालमा पनि श्रीलंकाको बाटोमा लम्किन थालेको छ । यस्तो अवस्थामा मन्त्रीजीले बोलाउनुभयो र हामी गयौँ । मन्त्रीजी लामो कुराइपछि आउनु त भयो तर न उहाँको साथमा अर्थ सचिव हुनुहुन्थ्यो र नत अर्थ सल्लाहकार । उहाँका एक सहयोगी थिए र उनले हामीेले बोलेका कुराहरु टिपेजस्तो त गरेका थिए । तर अर्थतन्त्रको यो अवस्थाका बारेमा के बुझे र के टिपे थाहा भएन ।

दुःखको कुरा त यो छ कि त्यसै दिनका अखबारका बाहिरी पेजमा र अर्थ क्षेत्रका जानकारहरुका लेखहरुमा देशको बडो कठिन अर्थ अवस्थाका बारेमा चित्रण छापिएको थियो । अर्थमन्त्रीसँग अहिलेको यो अप्ठेरो अवस्थालाई पार लगाउन सक्ने क्षमता उनीसँग छैन भन्ने निक्र्योल पनि ती समाचार, लेखमा थिए । तर मन्त्रीको ताल भने यस्तो निराशाजनक थियो ।

मन्त्रीजीको हल्का प्रस्तुति र आफूले मात्र सबथोक जानेको जस्तो गर्ने बढप्पनलाई त्यहाँ उपस्थित एक सहभागीले मन्त्रीको लाहुरे पाराको संज्ञा दिए । उनले भने– यस्तो लाहुरे पाराले मुलुककै ढुकुटीको जिम्मा लिएर संरक्षण गर्नुपर्ने जिम्मेबारीका मन्त्रीले कसरी अप्ठेरो अवस्थालाई पार लगाउन सक्छन् ? यस्तो हल्काफुल्का पाराले कसरी गम्भीर अवस्थामा रहेको अर्थतन्त्रले कसरी प्राण पाउला ?

उनका निकटस्थहरु भन्छन्– अहिले अर्थमन्त्रीलाई कसैले केही सिकाउन या भन्न पनि हुँदैन । पहिले अर्थशास्त्र नपढेका मन्त्रीहरु जस्तो बर्षमान पुन हुन् या सुरेन्द्र पाण्डे उनीहरुले सिक्न या जान्न खोज्थे । सबैका कुरा सुन्थे र केही समस्या उत्पन्न भयो या हुने अवस्था भयो कि आफ्ना आर्थिक सल्लाहकारमार्फत् जानकारहरुको बैठक डाक्थे र समाधानको बाटो पहिल्याउँथे । तर वर्तमान अर्थमन्त्री जनार्दनको पाराले देशले दुःख पाउने छाँट देखिइसकेको जानकारहरुको भनाई छ ।