२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगः बार्सिलोना र फ्रांकफर्ट तथा वेस्टहाम र लियोनले बराबरी खेले



अ+ अ-

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो चरणमा स्पेनिस फुटबल क्लब बार्सिलोनाले बराबरी खेलेको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब फ्रांकफर्टसँग १-१ गोलको बराबरी खेलेको हो । फ्रांकफर्टले आफ्नो घरेलु मैदानमा खेलको ४८ औं मिनेटमा अन्सगर नाउफको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

तर, खेलको ६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । अब यी दुई टिमले सेमिफाइनल प्रवेशका लागि अर्को हप्ता(अप्रिल १५)मा दोस्रो चरण खेल्नेछन् ।

यस्तै, हिजो राति नै भएको अर्को पहिलो चरणमा इंग्लिस क्लब वेस्टहाम युनाइटेड र फ्रेन्च फुटबल लियोनले बराबरी खेलेका छन् ।

वेस्टहामको घरेलु मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै पहिलो चरण सकाएका हुन् । खेलको ५२ औं मिनेटमा जारोर्ड बोएनले गोल गर्दै वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको ६६ औं मिनेटमा टांगी एन्डोम्बेलेले गोल गर्दै लियोनलाई हारबाट जोगाए ।

अब यी दुई टिमबीच दोस्रो चरणको खेल अर्को हप्ता बिहीबार मध्यरातमा लियोनको मैदानमा हुनेछ ।