१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आईपीएलः लखनउद्वारा दिल्ली ६ विकेटले पराजित

आईपीएलः लखनउद्वारा दिल्ली ६ विकेटले पराजित
अ अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको खेलमा लखनउले दिल्लीले दिएको १५० रनको लक्ष्य चार विकेट गुमाएर पुरा गरेको हो । लखनउका लागि क्विन्टन डी ककले ८० रन बनाए ।

लखनउका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ रोजेका थिए । दिल्लीले राम्रो सुरुवात गरेको थियो । पृथ्वी शले पहिलो विकेटको लागि ४५ बलमा ६७ रनको साझेदारी गरे। यस अवधिमा शाले ३० बलमा आफ्नो अर्धशतक पूरा गरे ।

त्यसपछि पृथ्वी ३४ बलमा ६१ रन बनाएर आउट भएपछि दिल्लीले ७ रनमै तीन विकेट गुमाएको थियो । तर, ऋषभ पन्त र सरफराज खानले चौथो विकेटका लागि ७५ रनको साझेदारी गर्दै टोलीको स्कोर १४९ रनमा पुर्याएका थिए । दिल्लीका लागि सिजनको पहिलो खेल खेल्न आएका डेभिड वार्नर असफल रहे । उनले चार रन मात्रै बनाउन सके ।

दिल्लीका लागि पृथ्वीले सर्वाधिक ६१ रन बनाए भने ऋषभ पन्त ३९ रनमा र सर्फराज खान ३६ रनमा अविजित रहे । लखनउका रवि बिश्नोई सबैभन्दा सफल बलर बने । उनले २२ रन खर्चेर दुई विकेट लिए ।

दिल्लीले दिएको १५० रनको लक्ष्य पछ्याएको लखनउले राम्रो सुरुवात गर्दै पहिलो विकेटको लागि ७३ रन जोड्यो । केएल राहुल र क्विन्टन डी ककले टोलीलाई सानदार सुरुवात दिलाए । तर, राहुल २५ बलमा २४ रन बनाएर आउट भए । उनलाई कुलदीप यादवले आउट पारे । त्यसको केही समयपछि नै इभिन लुइस पनि सस्तैमा पेभिलियन फर्किए । दीपक हुडाले पनि खासै केही गर्न सकेनन् र १३ बलमा ११ रन बनाएर आउट भए । तर, क्विन्टन डी ककले रन बनाउने क्रम जारी राखे र आउट हुनुअघि ५२ बलमा ८० रन बनाए ।

अन्तिम ओभरमा क्रुणाल पाण्ड्या र आयुष बडोनीले महत्वपूर्ण साझेदारी गरे । दुई बल बाँकी रहँदा लखनउले खेल जित्यो । क्रुणाल १४ बलमा १९ रनमा अविजित रहे भने आयुषले तीन बलमा १० रन बनाए ।