२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३५.६६ अंकले बढ्यो, २ अर्ब बढीको खरिदबिक्री



अ+ अ-

काठमाडौँ । लगातार पाँचौं दिनसम्म ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।

साताको अन्तिम दिन बिहीबार भएको कारोबारमा नेप्से परिसूचक ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३८ अंक र सेन्सेटिभ इण्डेक्स २.३७ अंक बढेको छ ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५४ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन करिब २ अर्बको कारोबार भएको थियो ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी ३.५९ प्रतिशत बढेको छ। त्यस्तै, व्यापार उपसमूहको परिसूचक २.६२ प्रतिशत बढेको छ । यता बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्।

नेप्सेसँगै बिहिबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यस्तै, नेपाल टेलिकमको ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै,राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र सर्पोट माइक्रो फाइनान्सको शेयर गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ७ करोड ३८ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ । प्राइम कमर्सियल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।