• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

बेवारिसे सात थान मोटरसाइकल बरामद



काठमाडौँ । प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान बुलेट मोटरसाइकल बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट ती मोटरसाइकल बरामद गरेको हो ।

बरामद गरिएका मोटरसाइकल आज भन्सार कार्यालयको जिम्मा लगाइएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार भारतीय नाकाबाट भन्सार छली चोरीपैठारी गरेर मोटरसाइकल भित्र्याइएको हो ।

सुप प्र ०१–००९ प २०५०, से७प ८४८९, प्र०१–०४९ प ३३२६, बा४९प ९३२२, बा प्र ०२–०२३–२४७४, सुप प्र ०१–००९प ५१६६ र सु प प्र ०१–००८ प ५५९ नम्बरका मोटरसाइकल बरामद गरिएका हुन् । ती मोटरसाइकलको मूल्य रु २१ लाख बराबर रहेको बताइएको छ । रासस