१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

विदेशी मुद्रा सञ्चिति घट्न नदिन विलासिताका बस्तु आयातमा रोक : गुणाकर भट्ट (भिडियोसहित)

विदेशी मुद्रा सञ्चिति घट्न नदिन विलासिताका बस्तु आयातमा रोक : गुणाकर भट्ट (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका बस्तु आयातमा रोक लगाएको बताउनु भएको छ ।

प्रवक्ता भट्टले बिहीबार सोधानान्तर बढ्दो घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमि हुँदै गएकाले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका बस्तु आयातमा रोक लगाएको बताउनु भएको हो । मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिनको लागि राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवसथापन गर्न केही बस्तुको आयात रोक लगाउन परेको प्रवक्ता भट्टले स्पष्ट पार्नु भयो ।

उहाँले अहिले सबै भन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सर्तकता अपनाउन खोजेको बताउनु भयो । राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र संकट देखिएर विलासिताका बस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटाबाट जोगाउनको लागि एउटा टुल्स प्रयोग गरिएको बताउनु भयो । उहाँले बाहिर हल्ला आए जस्तो अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो । राष्ट्र बैंकसँग ६.७ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिनु भयो । उहाँले पछिल्लो समय अर्थतन्त्र सकारात्मक संकेतहरु देखा परेको बताउनु भयो । कोरोना महामारी पछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको आयात वृद्धि भए पश्चात विदेशी मुद्रा सञ्चिति र सोधानान्तर घाटा बढेको प्रवक्ता भट्टको भनाई छ ।

उहाँले भन्नुभयो,‘ अर्थतन्त्रको अहिलको अवस्थालाई दुई वटा पक्षबाट हेर्नुपर्छ । कुनै पनि कुरालाई एकाङकी रुपमा रुपमा हेर्नु हुँदैन । एउटा पक्ष समष्ठिगत आर्थिक स्थायित्वका आधारमा केही दबाब देखिएको छ । मुख्य रुपमा विदेशी विनिमय सञ्चितीमा कमि आएको सोधानान्तर स्थिति घाटा, आयात उच्च दरमा बढेको कारणले गर्दा हाम्रो बाह्य क्षेत्र व्यवस्थापनमा दबाब छ भन्ने देखिएको छ । बाह्य क्षेत्र व्यवस्थापन हामीले गर्नै नसक्ने होइन । केही बस्तुको आयातलाई हामीले रोक्न सक्छौं । सुन चाँदी,सवारीसाधन आयातलाई रोक्न सक्छौं । साच्चिकै त्यसमा ठूलो दबाब आउन थाल्यो भने त्यसका लागि राष्ट्र बैंकले प्रिकसन नोटहरु जारी गरेको हो । विशेष गरी विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा दबाब आउन सक्छ र समयमा नै सहमालिनु पर्छ भनेर राष्ट्र बैंकले भनेको हो । यसमा आतिहाल्नु पर्ने अर्थतन्त्रमा संकट आयो भन्ने होइन । अहिले पनि राष्ट्र बैंकसँग ६.७ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको छ । करिव साढे ६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति जोगाएर राख्न सक्यौ भने आगामी दिन मुलुकमा ठूलो रुपमा अर्थतन्त्रमा अफ्ठ्यारो आउँदैन। यो कुरामा हामी सुनिश्चित भए हुन्छ । अहिले अर्थतन्त्रमा सकारात्मक पक्ष पनि आएको छ । त्यसमा आयात किन बढ्छ भन्दा आर्थिक गतिविधिहरु पनि बढी रहेका छन । पर्यटकिय गविधिहरु पनि बढी रहेका छन । त्यसले वस्तु तथा सेवाको माग बढाउँछ । माग बढ्ने वितिकै आयात पनि बढ्छ । अर्थतन्त्रमा जुन गतिशिलता देखिन थालेको छ । त्यसलाई कसरी अगाडि बढाउने विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा दबाब देखिएको तथा रुस र युक्रेन युद्धका कारण त्यसबाट थप अर्थतन्त्रमा समस्या आउन सक्छ भनेर राष्ट्र बैंकले केही सर्तकता अपनाउनु पर्ने हो ।

त्यस्तै प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताउनु भयो । उहाँले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पार्नु भयो । श्रीलंका कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको प्रवक्ता भट्टको भनाई छ । कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण र कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत मात्रै विदेशी ऋण भएको मुलुकको श्रीलंका र नेपालबीच तुलना गर्न नमिल्ने दाबी गर्नु भयो । उहाँले श्रीलंकाले पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसक्दा अहिले संकट भोग्नु परेको बताउनु भयो । श्रीलंका र नेपालको अर्थतन्त्रमा देखिएका चुनौती फरक भएको भन्दै प्रवक्ता भट्टले नेपालमा रुस र युक्रेन युद्ध र गत वर्ष उच्च रुपमा कर्जा विस्तारको कारण घरजग्गा,उत्पादन भन्दा आयात र शेयर बजारमा बढी लगानीको प्रभावले अहिले अर्थतन्त्रमा दबाब देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘श्रीलंका र नेपालको आधारभूत अवस्था नै फरक हो । श्रीलंका उच्च विदेशी ऋण भएको मूलुक हो । श्रीलंका सरकारको स्वामित्वका संस्थाहरुको ऋण समेत जोड्ने हो भने सरकारको दायित्व कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत हुन आउँछ । ११७ प्रतिशत ऋण भएको मुलुक र ४० प्रतिशत कुल ग्राहस्थ उत्पादनको विदेशी ऋण भएको मुलुकको तुलना त्यहाँ हुन सक्दैन । श्रीलंका पछिल्लो समय आर्थिक व्यवस्थापन भन्दा बाहिर गएको थियो । करका दर घटाउने,करका दरहरुलाई खारेज गर्ने,सामाजिक सुरक्षाका कार्यक्रमहरुमा अनाश्वयक रुपमा उदारता देखाउने । श्रीलंकको उदाहरण व्यवस्थापन र संरचनासँग देखिएका हुन । हाम्रो त्यो भन्दा अवस्था फरक हो । रुस र युक्रेन युद्धका कारण र केही कोरोना महामारीबाट अर्थतन्त्र माथि उठ्न खोेजेको कारण र गत वर्ष उच्च रुपमा कर्जा विस्तारको कारण घरजग्गा,उत्पादन भन्दा आयात र शेयर बजारमा बढी लगानी भएको प्रभाव स्वरुप पनि अहिले अर्थतन्त्रमा दबाब देखिएको अवस्था हो । अब विदेशीबाट आउने रेमिटेन्समा दबाब पर्दैन । वैदेशिक रोजगारीमा जाने मान्छेहरुको सख्या बढ्दै गएको छ । अन्य अन्तर्राष्ट्रिय मुलुकहरुको समेत अर्थतन्त्रमा सुधार आउन थालेको छ । तेलको माग अन्तर्राष्ट्रिय बजारमा बढेको छ । रुस र युक्रेन युद्धका कारण तेलको आपूर्तिमा नै समस्या देखिएको छ। रेमिटेन्समा तत्कालको लागि ठूलो चुनौती देखिएको छैन । हामीले केही वस्तुहरुको आयात व्यवस्थित हुनै पर्छ किनकी अल्पकालको लागि मात्रै नभएर दीर्घकालको लागि सोच्नु पर्ने हुन्छ ।

प्रवक्ता भट्टले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको सख्या बढ्दै गएकाले रेमिटेन्समा सुधार आउन थालेको बताउनु भयो । रेमिटेन्समा सुधार आउँदा मुलुकको विदेशी मुद्रा सञ्चिति बढ्ने भएकाले रेमिटेन्समा तत्कालको लागि ठूलो चुनौती देखिएको जिकिर गर्नू भयो । अर्थतन्त्रमा संकट तथा थप चुनौती आउन नदिनको लागि सरकारले दीर्घकालको लागि सोच्नु पर्ने अवस्था आएको बताउनु भयो।