२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित हुनुभएको छ । आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित हुनुभएको हो ।

निर्वाचित भएपछि सभापति शाक्यले काठमाडौं महानगरमा छरिरहेको काँग्रेसलाई एकत्रित गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले अबको चुनावमा काँग्रेसलाई ३२ सै वडामा जिताउने आफ्नो लक्ष्य रहेको पनि बताउनुभयो ।

सभापति शाक्यले भन्नुभयो, ‘मेरो उमेद्दवार घोषणा भइसकेपछि  काठमाडौंमा मात्रै होइन, पूर्वदेखि पश्चिम महाकालीसम्मका जनताले दुःख कष्ट झेलेको यो उमेद्दवारलाई जिताउनुपर्छ भनेअनुसार नै काठमाडौंमा जतिपनि ३२ वडाका वडा सभापति ज्यूहरु सबैले मलाई जुन किसिमले विश्वास गरेर जिताउनुभयो, ती सबै प्रजातन्त्रका योद्धाहरुलाई मेरो भित्र अन्तरआत्माबाट मुरीमुरी धन्यवाद दिन चाहन्छु,अब काठमाडौं महानगरलाई कसरी जाने, के गर्ने भन्ने जुन एउटा उद्देश्य छ त्यो उद्देश्य भनेको छरिरहेको काठमाडौंमा छरिरहेको काँग्रेसलाई एकत्रित बनाएर शक्ति निर्माण गर्ने र आउँदो चुनावमा मेयरदेखि ३२ सै वडामा चुनाव जिताउने मेरो लक्ष्य छ ।’

उहाँले नेपालको पूर्वदेखि पश्चिमसम्मका जनताले आफूलाई चुनेकोमा खुशी व्यक्त गर्नुभयो ।