१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् पूर्व फिफा रेफ्री लव खत्री



अ+ अ-

काठमाडौं । नेपालका प्रथम पूर्वफिफा रेफ्री लव खत्रीको आज (सोमबार) बिहान निधन भएको छ ।

पूर्व खेलाडी समेत रहेका ५० वर्षीय खत्री मर्निङ वाकबाट फर्किएर बाथरुम गएका थिए । बाथरुम छिरेको निकैबेरसम्म पनि बाहिर नआए पछि हेर्दा ढोकामा अचेत अवस्थामा फेला परेका थिए । 

उनलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

उनले जावलाखेल युथ क्लब, थ्रीस्टार क्लब र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए ।

नेपालका सर्वोत्कृष्ट रेफ्री मानिने उनी सन् २०१८ मा उमेर हदका कारण फिफा रेफ्रीबाट निवृत्त भएका थिए ।