२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट ३०० थान ग्याससहितका अक्सिजन आयात



अ+ अ-

रसुवा । जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोर्टेबल) ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो । 

प्राप्त भएका अक्सिजन सिलिन्डर सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयमा भण्डारण गरिएको र अस्पताललगायत आवश्यक स्थानमा तुरून्तै पु¥याउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो ।

यस्तै चिनियाँ अधिकारीले अक्सिजन सिलिण्डरलगायत केहीमात्रामा मास्क, पीपीई तथा सेनिटाइजरसमेत प्रदान गरेको छ । जिल्लामा अक्सिजनको सहज व्यवस्थापन भइसकेकाले अबका दिनमा कुनै पनि बिरामी आत्तिनु नपर्ने बताइएको छ । 
      
विगतमा कोभिडको सङ्क्रमण सुरूभन्दा अगाडि आठ÷दश वटा मात्र अक्सिजन सिलिन्डर रहेको जिल्लामा आन्तरिक व्यवस्थापन एवं चिनियाँ सहयोगसमेतले ४००  सिलिण्डर व्यवस्थापन भइसकेको छ ।

अक्सिजनको व्यवस्थापनले श्वासप्रश्वास एवं लेक लागेका बिरामीलाई उपचार सेवा दिन सहज हुँदै गएको चिकित्सकले बताएका छन् । जिल्लामा दुई अस्पताल, १८ स्वास्थ्य चौकी र दर्जनौँ सामुदायिक स्वास्थ्य एकाइ रहेका छन् । करिब ४३ हजार यहाँका बासिन्दालाई यी स्वास्थ्य संस्थाले सेवा प्रदान गरिरहेका छन् । (रासस)