• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   आइतबारसम्म देशभर मनसुन फैलिने ★   टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै ★   बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण ★   युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन ★   खराब सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ: सहकारी मन्त्री ★   लालुपाते सहकारी घोटला प्रकरण: बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति ★   रासायनिक मलको अभाव हुँदैन: मन्त्री साह ★   विश्वकपबारे रोहित भन्छन्– ब्याटिङमा राम्रो गर्न सकेनौँ ★   सरकारले सहकारी पीडितको ७७ करोड २४ लाख फिर्ता गराइसक्यो: प्रधानमन्त्री दाहाल ★   यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल

नेपाल टेलिकमको खुद नाफा ७ अर्व ३३ करोड (भिडियोसहित)



काठमाडौैं । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताउनु भएको हो । उहाँले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष अर्यालले भन्नु भयो, ‘अन्तराष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्व ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्व १३ करोड कायम गर्न कम्पनी सफल भएको छ । कोभिड १९ को कारणले भ्वाईस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरुले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’

टेलिकमले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने भएको छ । सेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस सेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम संचालक समितिका अध्यक्ष अर्यालको भनाई छ । अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताउनु भयो ।

अनलाईन पेपेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ ।