२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवरात्रका बेला शक्तिपीठमा भीड



अ+ अ-

काठमाडौँ । चैते दसैँसमेत भनिने चैत्र शुक्ल पक्षको नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको छ । चैत १९ गतेदेखि सुरु भएको नवरात्रका अवसरमा सोही दिनदेखि राजधानी र बाहिरका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको थियो । बुधबारदेखि भने धेरै भक्तजन शक्तिपीठमा जम्मा हुन थालेका छन् । बुधबार, बिहीबार र शुक्रबारलाई देवीको पूजा तथा आराधना गर्ने बारका रुपमासमेत लिने गरिएको छ । सामान्य अवस्थामा पनि यी बार शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको भीड लागेको छ । यस अवसरमा विभिन्न मन्दिरमा विशेष अनुष्ठान पनि भइरहेका छन् ।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, उग्रतारा, शैलेश्वरीलगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

चैत्र नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने, सुख, शान्ति पाइने धार्मिक विश्वास छ । यस वर्ष चैत २६ गते शनिबार अष्टमी र २७ गते रामनवमी पर्व परेको छ । चैत २८ गते सोमबारसम्म नवरात्र मनाइन्छ । वर्षमा चार नवरात्र पर्छन् । त्यसमध्ये आश्विन र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रलाई विशेष रुपमा मनाउने गरिन्छ । पुस र असार शुक्ल पक्षमा पर्ने नवरात्रलाई विशेष साधना गर्नेले मात्र मनाउँछन् । यसमध्ये पनि आश्विन शुक्ल पक्षको नवरात्रलाई भने नेपालमा राष्ट्रिय चाडका रुपमा बडा दसैँ मनाउने गरिन्छ ।




भर्खरै