१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर

स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर
अ अ+ अ-

चितवन। तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो ।

सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र यहाँका २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन् । शिक्षक अस्पताल यही बन्ने भएको छ ।

सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार दैनिक बहिरङ्ग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन् । तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उहाँको भनाइ छ । नियमितरुपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको सङ्ख्या ५०० हाराहारी छ । ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् ।

वार्षिकरुपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन् । गौतमले भन्नुभयो, “अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ ।” क्यान्सर अस्पतालकै कारण अस्पताल वरिपरि १५० भन्दा बढी साना ठूला होटल रेष्टुराँ चलेका छन् । जिल्लाका अग्रज होटल व्यवसायी दिनेशकुमार चुके क्यान्सर अगाडिका होटलमा मात्रै ५०० भन्दा बढी बेड छन् । त्यही आउने बिरामी र कुरुवाले ती होटल चलेका छन् । त्यहाँ आफैँ पकाएर खाने गरी पनि व्यवस्थापन गरिँदै आएको छ ।

भरतपुर क्षेत्रमा ६०० हाराहारी होटल रेष्टुराँ रहेको जनाउँदै उहाँले ती होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेको उहाँको भनाइ छ । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका चुकेले यहाँको स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदी राजधानीमा हुने उपचार यही हुने भएपछि छिमेकी जिल्लाबाट धेरै बिरामी उपचारका लागि आउँदा होटल रेष्टुराँको व्यवसाय राम्रो भएको बताउनुहुन्छ । यहाँका होटल रेष्टुराँको मुख्य आम्दानी स्वास्थ्य पर्यटक बन्दै गएको सुवेदीको भनाइ छ । देशैभरबाट र भारतबाट समेत बिरामी उपचार गर्न आउने गरेको जनाउँदै उहाँले आउँदा दिनमा स्वास्थ्य पर्यटकको सङ्ख्या अरु थपिने बताउनुभयो । उहाँले चितवनमा सबैभन्दा धेरै धार्मिक पर्यटक आउने भए पनि आर्थिक हिसाबले स्वास्थ्य पर्यटक चितवनका लागि उपयुक्त भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य पर्यटकको कुनै सिजन हुँदैन, सधैँभरि नै एकनासको भइरहन्छ ।”

भरतपुर क्षेत्रमा होटलसँग साना रेष्टुराँ धेरै चलेका छन् । दुई मेडिकल कलेजसँगै प्राविधिक कलेजमा पढ्न आउने ठूलो सङ्ख्याका विद्यार्थीका कारण पनि यहाँको आर्थिक क्षेत्रमा राम्रो प्रभाव पारेको छ । रेष्टुराँ एण्ड बार एशोसिएशनका उपाध्यक्ष अनुसा पाठक यहाँका अस्पतालका बिरामी, कुरुवा, विद्यार्थी, चिकित्सक मुख्य सेवाग्राही भएको बताउनुहुन्छ । भरतपुर क्षेत्रमा मात्रै २०० भन्दा बढी रेष्टुराँ खुलेको जनाउँदै उहाँले तिनीहरुको मुख्य आधार अस्पताल भएको बताउनुभयो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी उपचारका हिसाबले राजधानी पछिको दोस्रो गन्तव्य चितवन भएको बताउनुहुन्छ । यहाँ उपचारका लागि आउने बिरामी र तिनका कुरुवा घुम्न आउने पर्यटकभन्दा धेरै रहेको भन्दै उहाँले उपचारपछि र कुर्नुपर्ने बेलामा घुम्नका लागि नजिकका गन्तव्यसँग जोड्नुपर्ने सुझाव दिनुभयो । उहाँले मेडिकल टुरिज्म र मेडिकल सिटीलाई जोडेर योजना बनाउनुपर्ने उहाँको धारणा छ ।

सरकारी दुई अस्पतालसँगै मेडिकल कलेज रिफरल बनेका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पताल आउने ७० प्रतिशत हाराहारी बिरामी रिफरल हुने गरेको बताउनुभयो । तीमध्ये आधाभन्दा बढी बाहिरी जिल्लाका हुने र उनीहरुको खाने बस्ने यहीँका होटल रेष्टुराँमा हुँदा अस्पतालमा गर्ने खर्चभन्दा बढी होटल रेष्टुराँमा हुने गरेको उहाँले बताउनुभयो । रासस