• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

-याम्पमाथि अद्वितीय प्रतिविम्ब



काठमाडौँ। सिर्जना, प्रस्तुति तथा मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतिक्षित फेसन कार्यक्रममध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्य्राजुएसन फेसन शो सम्पन्न भएको छ ।

सोह्रौँ संस्करणका रुपमा प्रस्तुत गरिएको ‘जर्नी अफ फेसन’अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘अद्वितीय प्रतिविम्ब’ शीर्षकमा विद्यार्थीको फेसन कलाको अनुभव गर्न पाइएको थियो । काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको उक्त सोमा साँझको समय छिप्पिँदै जाँदा -याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो र एकपछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप, रङ, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए ।

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडल रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त कार्यक्रममा ११ वटा विभिन्न अवधारणाबाट प्रेरित ८२ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनलाई प्रदर्शन गरिएको थियो । ती सुन्दर पहिरनका परिकल्पनाकार एवं सिर्जनाकर्ता पनि ८२ जना नै थिए । हरेक प्रस्तुतिअन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपिसका रुपमा क्रिएटिभ डिजाइनलाई ¥याम्पमा देख्न पाइएको थियो ।

तेइस युवती मोडल र आठ युवा मोडलको प्रस्तुतिमा सम्पन्न भएकोे उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हाल्नुभएको थियो । करिब तीन घण्टासम्मको अद्वितीय प्रतिविम्बको यात्रामा लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लुडका अवधारणा, हेभेन्ली बडिजबाट प्रेरित शैली, पिसेस् अफ ड्रिम, टाइम स्टे«टममा केन्द्रित पहिरन देख्न पाइएको थियो ।

यसैगरी बोटबिरुवा र तीसँग जोडिएको अन्डर ग्राउन्ड जीवन, समुद्री जीवनशैली, घृणा र प्रेमसित जोडिएको मनोभाव, राशिबाट प्रभावित स्वरुप, नारी व्यक्तित्व र फूलको आकर्षणको समायोजनलाई पहिरनको स्वरुपमा फेसन डिजाइन बन्ने सपना बोकेका नमूना कलेज अफ फेसन टेक्नोलोजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्ट शीर्षकअन्तर्गतको फेसन डिजाइनिङसम्बन्धी स्नातक तहको अन्तिम परीक्षाका रुपमा उक्त ड्रेस निर्माण गरेका थिए । रासस