७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्ती स्वीकार्दै ऋषि धमलाले काउन्सिललाई पठाए स्पष्टीकरण



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेको आरोप खेपेका पत्रकार ऋषि धमलाले अन्ततः प्रेस काउन्सिलमा स्पष्टीकरण दिएका छन् ।

काउन्सिलले मंगलबार २४ घण्टाको म्याद दिएर सोधेको स्पष्टीकरणको जवाफ धमलाले आज प्रतिनिधिमार्फत पठाएका हुन् ।

धमलाले घटनाप्रति आत्मालोचना गर्दै आइन्दा यस्तो गतिविधि नगर्ने उनको प्रतिबद्धता जनाएको काउन्सिल स्रोतले जनाएको छ ।

धमलाले सुरुमा प्राइम टिभीको लेटर हेडमा हस्ताक्षर बिनाको स्पष्टीकरण प्रतिनिधिमार्फत पठाएका थिए । तर, काउन्सिले हस्ताक्षर चाहिने बताएर फिर्ता गरिदिएको थियो । त्यसपछि फेरि हस्ताक्षरसहितको पत्र बुझाइएको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाबाट स्पष्टीकरणको जवाफ आएको बताउँदै अब काउन्सिलको आचारसंहिता अनुगमन समितिको बैठक बसेर स्पष्टीकरणको अध्ययन गरी आवश्यक निर्णय लिइने जानकारी दिए ।