३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस समाचार प्रभावः सम्पर्कविहीन बालिका भेटिइन्



अ+ अ-

तनहुँ । घरबाट दमौली जान भनी मङ्गलबार हिँडेकी ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खमबहादुरकी छोरी १३ वर्षीया बन्दना परियार आज फेला परेकी छन् । राष्ट्रिय समाचार समितिले प्राथमिकताका साथ ‘तनहुँमा बालिका बेपत्ता’ शीर्षकमा आज बिहानको बुलेटिन समाचार प्रकाशित भएपछि बालिका सकुशल भेटिएकी हुन् ।

स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत परियारलाई ऋषिङ–२ काँहु शिवपुर निवासी रेखीमाया बरालीले भेटेपछि आफ्नै घरमा राख्नुभएको हो । छिमेकी गाउँ थप्रेक हुँदै दिउँसो करिब ११ बजेको समयमा ऋषिङ–१ गैह्राखुदी भन्ने ठाउँमा पुगेको भन्नेसम्म जानकारी पाए पनि त्यसपछि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका थिए ।

बाटोमा हिँड्दै गरेको अवस्थामा वृद्धा आमाले ‘गाडीमा नगएर किन हिँडेको नानी ?’ भनेर सोध्दा रुन थालेपछि कहीँकतै जान नदिई आफ्नै घरमा राखेर ठूलो सहयोग गर्नुभएको शिक्षक एवं स्थानीयवासी तीर्थ बर्देवाले जानकारी दिनुभयो ।

घरबाट पक्कै पनि भागेर हिँडेको शङ्का लागेपछि बालिकालाई कतै जान नदिई आफ्नै निगरानीमा राखेर खाना खुवाएर सुताएको बरालीले जानकारी दिनुभयो । मङ्गलबार नै पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा खोजतलासका लागि जाहेरी दिएका थिए । छोरी भेटिएपछि खमबहादुरको परिवारले खुसी हुँदै सञ्चारकर्मीलाई समेत धन्यवाद प्रकट गरेको थियो ।