२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस समाचार प्रभावः सम्पर्कविहीन बालिका भेटिइन्



अ+ अ-

तनहुँ । घरबाट दमौली जान भनी मङ्गलबार हिँडेकी ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खमबहादुरकी छोरी १३ वर्षीया बन्दना परियार आज फेला परेकी छन् । राष्ट्रिय समाचार समितिले प्राथमिकताका साथ ‘तनहुँमा बालिका बेपत्ता’ शीर्षकमा आज बिहानको बुलेटिन समाचार प्रकाशित भएपछि बालिका सकुशल भेटिएकी हुन् ।

स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत परियारलाई ऋषिङ–२ काँहु शिवपुर निवासी रेखीमाया बरालीले भेटेपछि आफ्नै घरमा राख्नुभएको हो । छिमेकी गाउँ थप्रेक हुँदै दिउँसो करिब ११ बजेको समयमा ऋषिङ–१ गैह्राखुदी भन्ने ठाउँमा पुगेको भन्नेसम्म जानकारी पाए पनि त्यसपछि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका थिए ।

बाटोमा हिँड्दै गरेको अवस्थामा वृद्धा आमाले ‘गाडीमा नगएर किन हिँडेको नानी ?’ भनेर सोध्दा रुन थालेपछि कहीँकतै जान नदिई आफ्नै घरमा राखेर ठूलो सहयोग गर्नुभएको शिक्षक एवं स्थानीयवासी तीर्थ बर्देवाले जानकारी दिनुभयो ।

घरबाट पक्कै पनि भागेर हिँडेको शङ्का लागेपछि बालिकालाई कतै जान नदिई आफ्नै निगरानीमा राखेर खाना खुवाएर सुताएको बरालीले जानकारी दिनुभयो । मङ्गलबार नै पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा खोजतलासका लागि जाहेरी दिएका थिए । छोरी भेटिएपछि खमबहादुरको परिवारले खुसी हुँदै सञ्चारकर्मीलाई समेत धन्यवाद प्रकट गरेको थियो ।