२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु



अ+ अ-

वासिङ्टन । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको वाकोबाट करिब ३० माइल (४८ किलोमिटर) पर रहेको मारलिन एयरपोर्टमा मङ्गलबार दिउँसो दुर्घटनाग्रस्त भएको थियो।

वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ७० गज (६४ मिटर) टाढा दुर्घटनाग्रस्त भएको ह्युस्टन क्रनिकलको रिपोर्टले मार्लिन शहरका प्रबन्धक सेड्रिक डेभिसलाई उद्धृत गर्दै जनाएको छ। टेक्सासको सार्वजनिक सुरक्षा विभागका अनुसार दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।