२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडीबीको प्रक्षेपण : ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुँदैन



अ+ अ-

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा जनाएको छ । एडीबीले आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

नेपालको आर्थिक विकास प्रक्षेपणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले आगामी आर्थिक वर्षबाट मात्र नेपालको आर्थिक विकासमा सुधार देखिँदै जाने बताएको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव एक प्रतिशतले ऋणात्मक रहेको थियो । गत आर्थिक वर्षमा दुई दशमलव तीन प्रतिशतले आर्थिक वृद्धिदर हासिल भएकामा आगामी आर्थिक वर्ष पाँच प्रतिशतले आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ ।

एडीबीले नेपालको मुद्रास्फीति चालु आर्थिक वर्षमा छ दशमलव पाँच प्रतिशतको सीमाभित्रै रहने बताएको छ । बैंकका अनुसार सन् २०२० मा छ दशमलव दुई प्रतिशतमा रहेको मुद्रास्फीति गत आर्थिक वर्ष तीन दशमलव छ प्रतिशतमा आएको थियो । आगामी वर्ष मुद्रास्फीति दर छ दशमलव दुई प्रतिशतको वाञ्छित सीमाभित्रै रहने बताइएको छ ।

एडीबीले सार्वजनिक गरेको प्रतिवेदनमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा चालु खाता घाटा नौ दशमलव सात प्रतिशत पुगेको उल्लेख छ । यस्तो घाटा कोभिड महामारी सुरु हुँदा शून्य दशमलव नौ प्रतिशत रहेकामा गत वर्ष आठ प्रतिशत पुगेको थियो । आगामी वर्ष यस्तो घाटा छ दशमलव एक प्रतिशतमा सीमित रहने एडीबीको भनाइ छ ।