१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

इन्धनको मूल्य दिनहुँ बढेसँगै भारतमा मुद्रास्फीति बढ्यो

इन्धनको मूल्य दिनहुँ बढेसँगै भारतमा मुद्रास्फीति बढ्यो
अ अ+ अ-

नयाँ दिल्ली । इन्धन, तरकारी, फलफूल, खाद्य तेल र अनाज सबैको मूल्य आकाशिएपछि भारतमा मुद्रास्फीति बढेको छ।

गत मार्च २२ देखि पेट्रोल र डिजेलको मूल्य लगातार दुई सातादेखि बढेको देखियो । यसको मुख्य कारणमा हालै १९ किलोको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य २५० भारतीय रुपैयाँले दुई हजार २५३ भारतीय रुपैयाँमा बढेको थियो। मार्च २२ मा घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्य ५० भारतीय रुपैयाँले बढेको थियो ।

डिजेल र पेट्रोलको मूल्यवृद्धिले ढुवानीको भाउ ह्वात्तै बढेसँगै तरकारी र अन्य खाद्यान्नको मूल्य बढेको हो । मार्च २२ र अप्रिल ५ बीच दिल्ली, मुम्बई, चेन्नई र कोलकाताका चार महानगरमा इन्धनको मूल्य ९.२० भारतीय रुपैयाँ प्रतिलिटर बढाइएको थियो।

मङ्गलबार दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०४.६१ भारतीय रुपैयाँ थियो भने डिजेल ९५.८७ भारतीय रुपैयाँ प्रतिलिटरमा उपलब्ध थियो। मुम्बईमा पेट्रोल ११९.६७ रुपैयाँमा खुद्रा बिक्री भएको थियो भने डिजेलको मूल्य १०३.९२ रुपैयाँ प्रतिलिटर थियो।

तर पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले मङ्गलबार संसद्मा भारतमा बढेको इन्धनको मूल्य अमेरिका, क्यानडा, जर्मनी र बेलायतलगायत अन्य देशमा बढेको मूल्यको दश भागको एक भाग रहेको बताए ।

देशको वार्षिक मुद्रास्फीति दर फेब्रुअरीमा लगातार पाँचौँ महिनामा ६.०७ प्रतिशतमा पुगेको छ । यो २०२१ को जुनदेखिकै उच्च हो र बजार प्रक्षेपण ५.९३ प्रतिशतभन्दा माथि छ। मार्च २०२२ को मुद्रास्फीति तथ्याङ्क यस महिनापछि घोषणा गरिनेछ।

खाद्य मुद्रास्फीति बढेर ५.८५ प्रतिशत पुगेको छ । यो नोभेम्बर २०२० यताकै उच्च हो । यसमा तेल र फ्याटको मूल्य (१६.४४ प्रतिशत), मासु र माछा (७.४५ प्रतिशत) र तरकारी (६.१३ प्रतिशत) सबैभन्दा बढी वृद्धि भएको छ।

मुद्रास्फीतिको प्रवृत्तिमा प्रतिक्रिया दिँदै क्रेडिट रेटिङ एजेन्सी आइसीआरएका प्रमुख अर्थशास्त्री अदिती नायरले भने, “खाना र पेय पदार्थ, लुगा र जुत्ता र आवासको मूल्य वृद्धिले उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति आठ महिनाको उच्चमा पुग्यो।”

मूल्यवृद्धिको क्षतिपूर्ति गर्नका लागि सङ्घीय सरकारले गत हप्ता केन्द्रीय सरकारी कर्मचारीहरूलाई थप तीन प्रतिशत महँगी भत्ता (डीए) र पेन्सनरहरूलाई महँगी राहत (डीआर) जनवरी १ देखि लागू हुने गरी स्वीकृत गर्‍यो।

केन्द्र सरकारको घोषणापछि अधिकांश राज्य सरकारहरूले पनि आफ्ना कर्मचारीहरूका लागि महँगी भत्तामा समान वृद्धि घोषणा गरे । यो मुद्रास्फीतिमा भएको वृद्धिलाई पूरा गर्न सरकारी कर्मचारीहरूलाई दिइन्छ। सिन्ह्वा