• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने



काठमाडौं । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीले केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो ।

स्वागत नेपाल अध्यक्ष रहेको सो पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उन्नत लोकतान्त्रिक पार्टीका अनुसार उनको चुनाव चिह्न किताब हुनेछ । यसअघि एमालेनिकट भनेर चिनिएका अभिनेता केसी उक्त पार्टीबाट चुनाव लड्न लागेका हुन् ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको हो ।