१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अमेरिकाले गर्यो महाविनाशक हाइपरसोनिक मिसाइलको गोप्य परीक्षण

अमेरिकाले गर्यो महाविनाशक हाइपरसोनिक मिसाइलको गोप्य परीक्षण
अ अ+ अ-

एजेन्सी

वासिङ्टन । अमेरिकाले गत महिना गोप्यरूपमा आफ्नो अत्याधुनिक हाइपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ।

यो मिसाइल प्रसिद्ध अमेरिकी कम्पनी लकहिड मार्टिनले तयार गरेको हो । यस मिसाइललाई हाइपरसोनिक एयर–ब्रेथिङ वेपन कन्सेप्ट नाम दिइएको छ।

अमेरिकासँग अहिलेसम्म हाइपरसोनिक मिसाइलहरू छैनन्, जबकि रुस र चीनले परमाणु वारहेडहरू खसाल्न सक्षम हाइपरसोनिक मिसाइलहरू निरन्तर बनाइरहेका छन्।

अमेरिकी मिसाइलको परमाणु बमवर्षक बी५२एच को सहयोगमा देशको पश्चिमी तटमा परीक्षण गरिएको छ। युक्रेनलाई लिएर रुससँग जारी तनावलाई ध्यानमा राख्दै अमेरिकाले यो परीक्षणलाई अहिलेसम्म गोप्य राखेको थियो ।

अमेरिकी हाइपरसोनिक मिसाइलको परीक्षण सफल भएको यो पहिलो पटक हो, अन्यथा अहिलेसम्म गरिएका धेरै परीक्षणहरू असफल साबित भएका छन् ।

परीक्षणका क्रममा क्रुज मिसाइलले म्याच ५ भन्दा बढी गति हासिल गर्‍यो । यो हाइपरसोनिक मिसाइलको सबैभन्दा ठूलो विशेषता हो ।

परीक्षणमा मिसाइल ६५ हजार फिटभन्दा बढी उचाइमा गएको थियो । यसअघि अमेरिकी वायुसेनाले गति बढाउन यो मिसाइलमा रकेट बुस्टर प्रयोग गरिने बताएको थियो ।

यसपछि क्रुज मिसाइलको गति म्याच ५ देखि म्याच १० हुनेछ । यस पछिल्लो परीक्षणमा मिसाइल ६५ हजार फिटभन्दा बढी उचाइमा पुगेको थियो ।

यस क्रममा क्षेप्यास्त्रले ५०० किलोमिटरभन्दा बढी बाटो कभर गरेको थियो । यो मिसाइल जमिनमा आक्रमण गर्न डिजाइन गरिएको हो। यद्यपि यसलाई नौसेनाका लागि पनि बनाउने तयारी भइरहेको छ ।

हाइपरसोनिक मिसाइलको दौडमा नराम्ररी पछि परेको अमेरिकाले अहिले रुस र चीनसँग प्रतिस्पर्धा गर्न अर्बौं रुपैयाँ खर्च गरिरहेको छ ।

यति मात्र होइन अहिले अमेरिकाले अष्ट्रेलिया र बेलायतसँग सम्झौता गरेको छ । यसअघि रुससँगको तनावलाई मध्यनजर गर्दै अमेरिकाले दोस्रो पटक आफ्नो अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण स्थगित गरेको थियो ।

यसले रुससँगको सम्बन्ध बिग्रन सक्छ वा गल्तीले यसलाई सम्भावित आक्रमणको रूपमा लिन सक्छ भन्ने अमेरिकालाई डर थियो। एजेन्सी