१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कार्की

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कार्की
अ अ+ अ-

नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कुमार कार्की चयन हुनुभएको छ ।

महासङ्घको मङ्गलबार साँझ सम्पन्न दोस्रो महाधिवेशनले कार्कीको संयोजकत्वमा ९० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा मनोजबाबु श्रेष्ठ र प्रथम उपाध्यक्षमा कमल अग्रवाललाई चयन गरिएको छ ।

यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गोविन्द कार्की, राजेन्द्रबाबु श्रेष्ठ, दीपकचन्द्र प्रधान, रामप्रसाद न्यौपाने, कुसुम महर्जन, मुमताज अन्सारी, धीरेन्द्र रिजाल, शेखरचन्द्र राई, सरोजकुमार श्रेष्ठ, गिरिराज पोखरेल, लक्ष्मी खड्का र रामप्रसाद अवाल चयन हुनुभएको छ ।

यसैगरी महासचिवमा रत्नबहादुर घिमिरे, उपमहासचिवमा रामकुमार तिम्सिना, बदनकुमार भण्डारी र चेङा शेर्पा, कोषाध्यक्षमा गणेशकुमार न्यौपाने, सहकोषाध्यक्षमा राजेन्द्रकुमार प्रजापति, अञ्जु चाम्लिङ राई र गोरखबहादुर थापालाई चयन गरिएको छ । सात सचिवमा क्रमशः होमनाथ गिरी, टेकप्रसाद धिताल, नवराज भण्डारी, किशोरकुमार गौतम, तेजप्रसाद आचार्य, हिमलाल खरेल र नवीन लुइँटेल, सात सहसचिवमा क्रमशः मोहनकुमार माका, सूर्यबहादुर रायमाझी, शिवहरि प्याकुरेल, टेकबहादुर श्रेष्ठ, श्रीनारायणप्रसाद न्यौपाने, कृष्णप्रसाद दुवाल र डासुराम घिमिरेलाई चयन गरिएको छ ।

विसं २०७३ मा स्थापना भएको महासङ्घमा देशभरका २२ सङ्घ आवद्ध छन् । हाल महासङ्घमा देशभरका १० हजारभन्दा बढी सदस्य आवद्ध रहेको नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।