२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

रचनाको प्रष्टीकरण: त्रिकोणात्क टी–२० श्रृंखला, मेरो उपस्थिति र वास्तविकता



अ+ अ-

काठमाडौ । त्रिकोणात्क टी–२० श्रृंखला अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेलको पुरस्कार बितरण समारोहका उपस्थित गायीका रचना रिमाल को उपस्थितीलाई लिएर संञ्चारमाध्याममा बिभिन्न टिका टिप्पणी भएपछि उनले स्पष्टिकरण दिएकी छिन् ।

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै रचनाले आफ्नो उपस्थितीका बिषयलाई लिएर क्यानले व्यवस्थापकलाई स्पष्टिकरण सोधेको कुरा गलत भएको जनाएकी छिन् ।

रचनाले लेखेकी छिन् –

नमस्कार म रचना रिमाल

हालै सम्पन्न t-20 सिरिजको सबैखेल मैले फोनबाट हेरेपनि हिजो फाइनल म्याच मैदानमै सम्पुर्ण समर्थकसँगै बसेर हेर्ने योजना साथ म हिजोको सबै काम सारेर १ बजे मैदान पुगेको थिए ।

तोकिएको रु. २०० को टिकट किनेर खेलको पहिलो इनिङ समर्थकहरुको बिचमा बसेर हेरेको थिएँ भने दोश्रो इनिङको ५ ओभर पछि क्यानको निमन्त्रणा मा म बिशिष्ट बक्समा बसेर अन्तिम सम्म खेल हेरेर खेल पश्चात् सबै अतिथिसँगै पुरस्कार वितरण समारोहमा सरिक भएको थिए। त्यसै समय केहि खेलाडी र प्रशिक्षक संग फोटो खिच्ने अवसर प्राप्त गरेको हुँ र समारोह सकिएपछि मैदानबाट फर्किएको थिएँ।

तर आज केहि अनलाईन समाचारहरुमा मलाई क्रिकेट एशोसिएसन अफ नेपाल ९क्यान० ले मैदान प्रवेश गरेको बारेमा स्पष्टिकरण सोधेको भन्ने बारेमा समाचार आएको देखेँ , जुन सरासर गलत हो । समाचारमा उल्लेखित नाम क्यानका पदाधिकारी प्रशान्त विक्रम मल्ल दादालाई मैले टेलिफोन मार्फत बुझ्दा पनि त्यस्तो केहि नभएको “तपाईंलाई हामिले बोलाएका हौँ, तपाईँ हाम्रो अतिथि हो हामिले त्यस्तो किन गर्ने ? ” भन्ने बताउनु भएको छ ।

यसैले पनि उक्त समाचार गलत रुपमा लेखिएको छ त्यसको म घोर बिरोध गर्दछु। साथै मेरो मान हानि हुनेगरि उक्त प्रकारको समाचार लेख्ने सबै मिडियाहरुलाई आवश्यक कानुनी कारबाहीको लागि प्रकृया अगाडि बढाउने छु । सदैव खेलकुद र खेलाडी हरुप्रति मेरो उच्च सम्मान र समर्थन रहनेछ।