७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री आलेका पहलमा गङ्गा न्यौँपानेले पाउने भए कृतिम खुट्टा



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पहलमा कैलालीको लम्कीचुहाँ नगरपालिका–७ का २९ वर्षीय गङ्गाप्रसाद न्यौँपानेले कृतिम खुट्टा पाउने भएका छन् । गतवर्षको कोरोना सङ्क्रमणका समयमा भएको बन्दाबन्दीमा ब्लड क्यान्सर भइ भारतमा उपचार गराइरहेका आफ्ना दाजुका लागि बैङ्कमा रकम जम्मा गर्न जाँदा उहाँ लडेर दाहिने खुट्टा भाचिएको थियो ।

भाचिएको खुट्टाको अप्रेसन सुर्खेत अस्पतालमा गरिएपनि खुट्टाको हड्डी कुहिएकाले खुट्टानै काट्नु पर्ने डाक्टरको सल्लाह अनुसार हाल उहाँको काठमाडौँमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा दाहिने खुट्टा काटिएको छ । उहाँको खुट्टा काटिएको आज ११ दिन भएको छ । मन्त्री आले आज मङ्लबार राष्ट्रिय ट्रमा सेन्टरमा जानु भइ न्यौँपानेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

सोही क्रममा मन्त्री आलेले खुट्टा काटेर उपचार गराइ रहनु भएका न्यौँपानेलाई उपचारमा सहयोग पुगोस भनेर रु २५ हजार प्रदान गर्नु भएको मन्त्री आलेका स्वकीय प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिनुभयाे ।

यसैगरी मन्त्री आलेले न्यौँपानेको कृतिम खुट्टा हाल्नका लागि मारवाडी सेवा विकास समितिका अध्यक्ष कैलास गाेयलसँग आग्रह गर्नुभएको छ । मन्त्री आलेको आग्रहपछि अध्यक्ष गोयलले न्यौँपानेको कृतिम खुट्टा निःशूल्क रुपमा हालिदिने बचन दिनु भएको छ । पशुपति गौशाला धर्मशालामा न्यौँपानेको कृतिम खुट्टा हाल्नुका साथै निःशूल्क खान बस्नको व्यवस्था गर्न समेत मन्त्री आलेले आग्रह गर्नु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरले न्यौँपानेलाई डिस्चार्ज गरे लगत्तै कृतिम खुट्टा हालिने मारवाडी सेवा विकास समितिका अध्यक्ष गाेयलले जानकारी दिनुभयो ।

मन्त्री आलेका पहलमा कृतिम खुट्टा पाइने भएपछि आफु निकै खुशी भएको पीडित न्यौँपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “गरिब मान्छे भएको खुट्टा पनि गुमाए, तर मन्त्री ज्यूले कृतिम खुट्टाका लागि पहल गरिदिनुभयो मेरा लागि यो भन्दा ठूलो खुशीको कुरा अरु के हुन सक्छ र ।”

मन्त्री आलेले देशका बिभिन्न क्षेत्रका कम्तीमा पनि एक हजार बढी बिरामी तथा पीडितहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आउनु भएको छ । बिरामीलाई आर्थिकदेखि अन्य सहयोग गर्ने भएका कारण हिजो आज सुदूरपश्चिमेलीहरु बिरामी पर्दा मन्त्री आलेकै घरमा धाउने गर्दछन् ।