• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

ब्लु स्टारद्वारा मछिन्द्र पराजित



काठमाडौं । मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग २–१ गोलअन्तरले हार ब्यहोरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रले अपेक्षा गरेअनुसारको खेल प्रदर्शन गर्न सकेन । उसका लागि कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके । श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक एक गोल गरे । मच्छिन्द्रले पटक पटक गोल गर्ने अवसर प्राप्त गरेको थियो । तर त्यसको सदुपयोग गर्न भने सकेन ।
खेलको २४औँ मिनेटमा इशानले गोल गर्दै ब्लु स्टारलाई अग्रता दिलाएका थिए । खेलको २७औँ मिनेटमा ब्लु स्टारका सन्देशले आफ्नो टोलीका लागि अर्को गोल गरे । मच्छिन्द्रका लागि खेलको इन्जुरी समयमा श्रेष्ठले गोल गरेका थिए । मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो ।
गत वर्ष उक्त छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो । अब ब्लु स्टारले दोस्रो चरणको खेल यही चैत २९ गते भारतको मोहन बगान क्लबसँग खेल्नेछ ।