• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही…

श्रीलंकामा राजापाक्षे सरकार ढल्न सक्ने, ४० सांसदले ‘छाडे’, राष्ट्रपति अझै अडिग



कोलम्बो । श्रीलंकामा चरम राजनीतिक उथलपुथलका बीच राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारले संकटको सामना गरिरहेको छ । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपतिले राजीनामा दिन अस्वीकार गरेका छन् । योसँगै विपक्षी दलले पनि राजापाक्षेको सरकारमा सहभागी हुन अस्वीकार गरेका छन् ।

यसैबीच श्रीलंकाको संसद्मा सम्पूर्ण संकटबारे छलफलका क्रममा ४० सांसदले सत्तारुढ दलबाट अलग बस्ने घोषणा गरेका छन् । संसद्बाहिर हिंस्रक प्रदर्शन भइरहेका छन् भने विपक्षी दलले संसद्मा मतदान गराउन जोड दिइरहेका छन् ।

श्रीलंकाका पूर्व मन्त्री विमल वीरभान्साले १७ सांसदले स्वतन्त्र समूहका रूपमा संसदमा बस्ने निर्णय गरेको घोषणा गरेका छन् । यसैबीच श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) ले पनि सत्तारुढ दलका १२ सांसदले संसद्मा छुट्टाछुट्टै बस्ने घोषणा गरेको छ ।

श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला श्रीसेनाले पनि १६ सांसद अलग बस्ने बताएका छन् । संसद्को चालु अधिवेशनमा यी सांसदहरुले आफ्नो निर्णय घोषणा गरेका हुन् ।

यसैबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले आफूले राजीनामा नदिने तर संसद्मा ११३ सिट भएको कुनै पनि दललाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

एसएलपीपीले ११३ सिट कब्जा गर्ने प्रयास

डेली मिरर अखबारका अनुसार सोमबार राजापाक्षेले देशभरि सार्वजनिक विरोधका बीच धेरै राजनीतिक बैठकहरू गरे ।

राष्ट्रपतिको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) अब आफ्नो ११३ सीटहरू कब्जा गर्न कोशिस गर्दैछ ताकि यो साधारण बहुमतको साथ सरकारमा रहन सकोस् । जबकि प्रधानमन्त्री महिन्दा राजापाक्षे नै रहनेछन् ।

यसैबीच एसएलपीपीको मुख्य गठबन्धन साझेदार श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) ले सबै १४ सांसदहरूले सरकार छोड्ने घोषणा गरेको छ।

गोटाबाया राजापाक्षे उनका भाइ महिन्दा राजपाक्षेको सरकारमा पूर्व रक्षा सचिव थिए । गोटाबायाले तमिल विद्रोही टाइगर्स विरुद्ध २६ वर्षको युद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

२०१९ को राष्ट्रपतीय निर्वाचनमा उनी ६९ लाखभन्दा बढी मतका साथ दुईतिहाइ बहुमतका साथ राष्ट्रपति निर्वाचित भएका थिए।

डलरको सञ्चितिमा ह्रास र अवमूल्यनले श्रीलङ्काको आर्थिक संकटलाई बाध्य बनायो । फलस्वरुप इन्धन, एलपी ग्यास, बिजुली र अत्यावश्यक खाद्यान्नको चरम अभाव भयो र मानिसहरूले राजापाक्षेलाई तुरुन्तै राजीनामा दिन आह्वान गरिरहेका छन्। एजेन्सीको सहयोगमा