१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

श्रीलंकामा राजापाक्षे सरकार ढल्न सक्ने, ४० सांसदले ‘छाडे’, राष्ट्रपति अझै अडिग

श्रीलंकामा राजापाक्षे सरकार ढल्न सक्ने, ४० सांसदले ‘छाडे’, राष्ट्रपति अझै अडिग
अ अ+ अ-

कोलम्बो । श्रीलंकामा चरम राजनीतिक उथलपुथलका बीच राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारले संकटको सामना गरिरहेको छ । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपतिले राजीनामा दिन अस्वीकार गरेका छन् । योसँगै विपक्षी दलले पनि राजापाक्षेको सरकारमा सहभागी हुन अस्वीकार गरेका छन् ।

यसैबीच श्रीलंकाको संसद्मा सम्पूर्ण संकटबारे छलफलका क्रममा ४० सांसदले सत्तारुढ दलबाट अलग बस्ने घोषणा गरेका छन् । संसद्बाहिर हिंस्रक प्रदर्शन भइरहेका छन् भने विपक्षी दलले संसद्मा मतदान गराउन जोड दिइरहेका छन् ।

श्रीलंकाका पूर्व मन्त्री विमल वीरभान्साले १७ सांसदले स्वतन्त्र समूहका रूपमा संसदमा बस्ने निर्णय गरेको घोषणा गरेका छन् । यसैबीच श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) ले पनि सत्तारुढ दलका १२ सांसदले संसद्मा छुट्टाछुट्टै बस्ने घोषणा गरेको छ ।

श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला श्रीसेनाले पनि १६ सांसद अलग बस्ने बताएका छन् । संसद्को चालु अधिवेशनमा यी सांसदहरुले आफ्नो निर्णय घोषणा गरेका हुन् ।

यसैबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले आफूले राजीनामा नदिने तर संसद्मा ११३ सिट भएको कुनै पनि दललाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

एसएलपीपीले ११३ सिट कब्जा गर्ने प्रयास

डेली मिरर अखबारका अनुसार सोमबार राजापाक्षेले देशभरि सार्वजनिक विरोधका बीच धेरै राजनीतिक बैठकहरू गरे ।

राष्ट्रपतिको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) अब आफ्नो ११३ सीटहरू कब्जा गर्न कोशिस गर्दैछ ताकि यो साधारण बहुमतको साथ सरकारमा रहन सकोस् । जबकि प्रधानमन्त्री महिन्दा राजापाक्षे नै रहनेछन् ।

यसैबीच एसएलपीपीको मुख्य गठबन्धन साझेदार श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) ले सबै १४ सांसदहरूले सरकार छोड्ने घोषणा गरेको छ।

गोटाबाया राजापाक्षे उनका भाइ महिन्दा राजपाक्षेको सरकारमा पूर्व रक्षा सचिव थिए । गोटाबायाले तमिल विद्रोही टाइगर्स विरुद्ध २६ वर्षको युद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

२०१९ को राष्ट्रपतीय निर्वाचनमा उनी ६९ लाखभन्दा बढी मतका साथ दुईतिहाइ बहुमतका साथ राष्ट्रपति निर्वाचित भएका थिए।

डलरको सञ्चितिमा ह्रास र अवमूल्यनले श्रीलङ्काको आर्थिक संकटलाई बाध्य बनायो । फलस्वरुप इन्धन, एलपी ग्यास, बिजुली र अत्यावश्यक खाद्यान्नको चरम अभाव भयो र मानिसहरूले राजापाक्षेलाई तुरुन्तै राजीनामा दिन आह्वान गरिरहेका छन्। एजेन्सीको सहयोगमा