१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान राजनीतिक संकट : अदालतमा विपक्षीको रिटमाथि सुनुवाइ सुरु



अ+ अ-

एजेन्सी

इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खान र उनका सहयोगीहरूसँग संसद् विघटन गर्ने र प्रारम्भिक चुनावको लागि आह्वान गर्ने कानूनी अधिकार छ कि छैन भन्ने विषयमा बहस सुनुवाइ सुरु गरेको छ।

आइतबार खानका सहयोगी तथा संसद्का उपसभामुख कासिम सुरीले अविश्वासको मतलाई बेवास्ता गर्दै राष्ट्रिय सभा भंग गरेका थिए । अविश्वासको प्रस्तावमाथि मतदान भएको भए खानले हार्ने निश्चित जस्तै थियो।

विपक्षीहरुलेले उपसभामुखसँग अविश्वासको मतलाई बहिष्किृत गर्ने संवैधानिक अधिकार नभएको भन्दै सत्तामा रहन खानले यस्तो षड्यन्त्र गरेको दावी गरेका छन् ।

सेनाले सन् १९४७ मा स्वतन्त्रतापछि लामो समयसम्म शासन गरेको २२ करोड जनताको यो देशलाई यस गतिरोधले पूर्ण विकसित संवैधानिक संकटमा फ्याँकिदिएको छ।