• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

आईपीएल १३ औँ खेलः लगातार तेस्रो जितको खोजीमा राजस्थान, रोक्ला त बैंगलोरले ?



एजेन्सी । यसअघि दुवै खेल जितेर आत्मविश्वासी बनेको राजस्थान रोयल्सको टोली आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्धको खेलमा जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । राजस्थानले मुम्बई इन्डियन्सलाई २३ रनले हराएको थियो ।

अर्कोतर्फ, फाफ डु प्लेसिसको नेतृत्वमा रहेको आरसीबीले आफ्नो पहिलो खेलमा हार बेहोरेपछि कोलकाता नाइट राइडर्सलाई तीन विकेटले पराजित गरेको थियो । पछिल्ला खेलहरुमा वानखेडे स्टेडियमको पिचले सुरुमा तीब्र गतिका बलरहरूलाई मद्दत गरिरहेको देखिएकाले दुवै टोली यसको फाइदा उठाउन चाहन्छन् ।

राजस्थानका लागि ओपनर जोस बटलर उत्कृष्ट लयमा छन् । उनले शनिबार मुम्बईविरुद्ध शतक प्रहार गरेका थिए । तर, उनलाई यशस्वी र देवदत्त पडिक्कलको सहयोग आवश्यक हुन्छ । अर्कोतर्फ पहिलो खेलमा अर्धशतक बनाएका राजस्थानका कप्तान सञ्जु सामसनले मुम्बईविरुद्धको राम्रो सुरुवातलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन् ।

सामसनले बाटो कप्तानीका लागि कुनै कसर बाँकी राख्नेछैनन् । वेस्ट इन्डिजका ब्याट्सम्यान हेटमायरले पहिलो दुई खेलमा राम्रो रन बनाएका थिए । यी पाँच ब्याट्सम्यानले आरसीबीका बलरलाई समस्यामा पार्न सक्छन् । ट्रेन्ट बोल्ट, प्रशान्त कृष्ण र नवदीप सैनीले बलिङमा अहिलेसम्म राम्रो प्रदर्शन गरेका छन् भने स्पिनर अश्विन र चहलको आठ ओभर पनि महत्वपूर्ण हुनेछन् ।

आरसीबीको बलिङको नेतृत्व श्रीलंकाका लेग स्पिनर वानिन्दु हसरंगाले गरिरहेका छन् । उनीहरु बाहेक डेभिड विली, आकाश दीप र मोहम्मद सिराजले पनि अन्तिम खेलमा जस्तै उत्कृष्ट प्रदर्शन गर्नेछन् । आरसीबीले राजस्थानका ब्याट्सम्यानलाई रोक्ने हो भने डेथ ओभर स्पेसियलिस्ट हर्षल पटेलले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

आरसीबीका लागि बढी चिन्ताको विषय भनेको बलिङभन्दा ब्याटिङ रहेको छ । ओपनर अनुज रावतले निरन्तरता देखाउन सकेनन् भने डु प्लेसिसले फेरि ठूलो स्कोर बनाउनुपर्ने चुनौति छ । यस्तै, कोहली पनि आफ्नो उत्कृष्ट लयलाई अगाडि बढाउन चाहन्छन् ।

राजस्थानको सम्भावित टोली ११
जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान तथा विकेटकिपर), देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रियान पराग, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, प्रनन्देश कृष्णा, नवदीप सैनी ।

बैंगलोर सम्भावित टोली ११
फाफ डु प्लेसिस (कप्तान), अनुज रावत, विराट कोहली, दिनेश कार्तिक (विकेटकिपर), शेरफान रदरफोर्ड, डेभिड विली, शाहबाज अहमद, वानिन्दु हसरंगा, हर्षल पटेल, मोहम्मद सिराज, आकाश दीप ।

हालसम्म आरआर र आरसीबीबीच जम्मा २५ खेल खेलिएका छन् । जसमध्ये बैंगलोरले १२ पटक जितेको छ भने राजस्थानले १० खेल जितेको छ । ३ खेल नतिजाबिहीन बनेको छ । राजस्थानले बेंगलुरुविरुद्ध एक इनिङमा सर्वाधिक २१७ रन बनाएको छ भने सबैभन्दा कम ५८ रन बनाएको छ । बेंगलुरुले राजस्थानविरुद्ध सबैभन्दा बढी २०० र सबैभन्दा कम ७० रन बनाएको छ ।

वानखेडे स्टेडियमलाई ब्याट्सम्यानको लागि उचित मानिन्छ । यसको सीधा अर्थ आज एक उच्च स्कोरिङ खेल हेर्न सकिन्छ । इनिङ्सको शुरुवातमा फास्ट बलरहरूलाई केही सहयोग पक्कै हुनेछ, तर एक पटक सेट भएपछि ब्याट्सम्यानले आफ्ना शटहरू स्वतन्त्र रूपमा खेल्न सक्छन् । यस्तो अवस्थामा टस जितेर टिमले पहिले बलिङ गर्न रुचाउँछन् ।

खेल समयः राति ७ः४५ बजे
मैदानः वानखेडे स्टेडियम