३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लाष्टिक झोला मुक्त गरिएपछि फेब्रिकका झोला उत्पादन गरिँदै



अ+ अ-

मङ्गलबारे । प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । रोङ गाउपालिका–३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन व्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना गरेको हो । इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि विकल्पमा फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले यसका लागि उद्योग स्थापना गरिएको बताइएको छ ।

रु ४ लाख ४७ हजारको लागतमा उद्योग स्थापना गरिएकामा उक्त समूहले रु दुई लाख ४६ हजार र गाउँपालिको रु दुई लाख एक हजार व्यहोरेको समूहका कोषाध्यक्ष किरण राउतले बताउभयो । यस्ता झोलाले वातावरण प्रदुषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग गर्ने उहाँको भनाइ थियो ।

उक्त समूहले यसअघि गाउँमै साना उद्योग स्थापना गरी अगरबत्ती उत्पादन गर्दै आएको छ । उत्पादित अगरबत्ती कुटिडाँडा, कोल्बुङ, हर्कटे तथा आसपासको क्षेत्रमा बिक्री हुँदै आएको अध्यक्ष राम खवासले बताउनुभयो । पाथीभरा मन्दिर आसपासमा व्यापार गर्ने ब्यपारी सङ्गठित भइ स्थापना गरिएको सो समूहले समूदायमा सचेतनामूलक कामसमेत गर्दै आएको स्थानीय पत्रकार गणेश अर्यालले बताउनुभयो।

यसैगरी समूहले पाथीभरा मन्दिर सफा गर्नाका साथै विपतमा परेकाहरूलाई सहयोग समेत गर्दै आएको उपाध्यक्ष दिनेश निरौलाको भनाइ थियो । उत्पादित झोला व्यावसायिक रूपमा बजारमा ल्याइने र यसबाट ब्यापारी तथा व्यावसायीलाई समेत सहज हुने अनुमान गरिएको छ । सामान खरिद तथा बिक्रीका लागि यो झोलाको माग बढ्न थालेको छ । (रासस)