२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप छनोट अन्तर्गत मछिन्द्रले ब्लु स्टारसँग खेल्दै



अ+ अ-

काठमाडौं । एएफसी कपको प्रारम्भिक चरण अन्तर्गत आज मंगलबार नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।

‘ए’डिभिजन लिग विजेता मछिन्द्र र ब्लु स्टारबीचको खेल बेलुका ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्न पाएको थिएन ।

मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रि–म्याच कन्फ्रेन्समा आफ्नो टिम एफएफसी कपको प्रारम्भिक चरणको लागि तयार रहेको बताएका थिए । कटुवालले आफूहरु एएफसी कपको लागि कार्तिकदेखि तयारीमा रहेको जनाउँदै श्रीलंकाको ब्लु स्टार क्लबविरुद्धको खेलको लागि तयार भएको बताएका हुन् ।

प्रशिक्षक कटवालले लिग च्याम्पियन र एएफसी कप खेल्ने योजना बनाएको सोही अनुसारको प्रशिक्षण पनि भएको बताउँदै भने, ‘हामीले लिग च्याम्पियन बन्दै एएफसी कप खेल्ने लक्ष्यका साथ टोली निर्माण गरेका थियौं। लिगमा हामीले सफलता हात पार्यौं। हामी ब्लुस्टारसँगको खेलका लागि तयार छौं।’

ब्लु स्टारका प्रशिक्षक राजमान्य डेभासगयामले पनि मछिन्द्र सिजनको सबैभन्दा बलियो मध्येको टिम भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । उनले श्रीलंका र नेपालको अवस्था उस्तै भएको र खेलाडीहरु तयार रहेको बताए । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ मा खेल्नेछ ।

यस खेलको टिकट दर भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय तोकिएको छ । खेलअघि सबिन राईको कन्सर्ट हुनेछ ।




भर्खरै