२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले बूढानीलकण्ठ नगरपालिका–३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि सोमबार बेलुका सकुसल उद्धार गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सोमबार दिउँसो २ः३० बाट हराएकी शेर्पाको साँझ ६ः३५ बजे इनारबाट सकुसल उद्धार गरिएको जानकारी दिनुभयो । उद्धार गरिएकी शेर्पा हरि श्रेष्ठको घरमा डेरा बस्दै आएकी थिइन् ।

“अचेत अवस्थामा रहेकी शेर्पालाई १७ जनाको प्रहरी टोलीले उद्धार गरेको हो, शेर्पाको अहिले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ”, उहाँले भन्नुभयो । अचेत अवस्थामा रहेकी शेर्पा अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।