८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान खानले पूर्व प्रधानन्यायाधीश अहमदलाई काम चलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरे



अ+ अ-

एजेन्सी । पाकिस्तानमा जारी राजनैतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभएको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले पुष्टि गर्नुभएको छ ।

प्रभात अखबारका अनुसार पीटीआईको उच्च स्तरीय समितिबाट अनुमोदन भएपछि इमरान खानले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।

गुलजार अहमदको नामाङ्कन संविधानको धारा २२४– क ९१० अन्तर्गत काम चलाउ प्रधानमन्त्रीको रूपमा नियुक्तिका लागि उपयुक्त व्यक्तिहरूको नाम प्रस्ताव गर्न राष्ट्रपति डा। आरिफ अल्वीले सोमबार प्रधानमन्त्री तथा विपक्षी नेतालाई लेखेको पत्रपछि खानले उक्त प्रस्ताब गर्नुभएको बताइएको छ ।

इमरान खानविरुद्धको अविश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले खारेज गरेको एक दिनपछि प्रधानमन्त्रीबारे यस्तो निर्णय गरिएको हो ।

राष्ट्रपति आरिफ अल्वीले खानको सल्लाहमा राष्ट्रिय सभा भङ्ग गर्नुभएको छ । सन् २०१९ को डिसेम्बर २१ मा पाकिस्तानको २७ औं प्रधान न्यायाधीशका रुपमा शपथ लिएका अहमदको जन्म २ फेब्रुअरी १९५७ मा कराँचीमा भएको थियो । प्रभात अखबारका अनुसार उहाँले सन् २०२२ फेब्रुअरीसम्म प्रधानन्यायाधीशको रूपमा काम गर्नुभएको थियो ।