६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारविरुद्ध जसपा, सरकारविरुद्ध जनमत पार्टी



अ+ अ-

काठमाडौं । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरोधमा सात्ताधारी दल जसपाले विरोध प्रदर्शन गरेको भोलिपल्ट सोमबार जनमत पार्टीले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

जसपाले अख्तियारको शैलीले संघीयतामाथि धावा बोलेको ठहर गर्दै विरोधमा उत्रिएका छन् भने जनमत पार्टीले सरकार भ्रष्टाचारमा मुछिएकोले राजीनामा गर्नुपर्ने भन्दै विरोधमा उत्रिएका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार जनकपुरमा प्रदेश २ सरकार भ्रष्ट भएको भन्दै प्रदर्शन गरे । सो पार्टीले प्रदेश २ सरकारको राजीनामा समेत मागेका छन् ।

भ्रष्ट सरकार–राजीनामा दे । भ्रष्टाचारीलाई जेल दे लगायतका नारा लगाउँदै जनमत कार्यकर्ताहरु जनकपुरधाममा प्रदर्शन गरेका थिए। यता, अख्तियारको छापाविरुद्ध जसपाले प्रदेशभर आन्दोलन तीव्र पारेका छन् । आइतबार जनकपुरको रेल्वे स्टेशनमा सयौंको संख्यामा मोटरसाइकलसहित जसपाका नेताः कार्यकर्ताले अख्तियारविरुद्ध नाराबाजी गरे ।

‘राजनीतिक कारणले छापा’ मारेको आरोप लगाउँदै जसपाका नेतारकार्यकर्ताले मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरे । मोटरसाइकलसहित प्रदर्शनकारी जनकपुरको परिक्रमा गर्दै पिराडी चोकमा विरोधसभा आयोजना गरे । सभामा जसपाका नेताहरुले अख्तियारले राजनीतिक प्रतिशोध साध्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको आरोप लगाए समाचार नागरिक दैनिकमा प्रकाशित छ ।