• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

त्रिकोणात्मक सिरिज नेपाललाई, पीएनजी ५० रनले पराजित



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराउँदै उपाधि हात पारेको हो ।

१६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११८ रनमात्र जोड्यो ।

पीएनजीका लागि सेसे बाउले सर्वाधिक ३८ बलमा ५९ रन जोडे । उनले ६ छक्का र १ चौका प्रहार गरे । यस्तै, लेगा सिएकाले १४ बलमा ८, आशाद भालाले ९ बलमा ८, आल्र्स आमिनीले १४ बलमा १५ रन जोडे ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चार, करण केसीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पीएनजीलाई १६९ रनको विजयी लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ५४ रन जोडे । उनले ५ चौका प्रहार गरे । यस्तै, करण केसीले मात्र १२ बलमा ३३ रनको योगदानी दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, ओपनर कुशल भुर्तेलले २२ बलमा २५, आरिफ शेखले २९ बलमा २९ रन जोडे । रोहित पौडेल २ रनमा आउट हुँदा आरिफ शेख र दिलीप नाथले खाता खोल्न सकेनन् । आदिल आलमले १३ बलमा १५ रन जोड्दै पेभिलियन फर्किए ।

पीएनजीका लागि सेमो कमिआले तीन विकेट लिँदा चाड सोपर, कावुआ मोरीआ र रिले हेकुरेले एक–एक विकेट लिए ।

नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो भने मलेसियालाई ६ विकेट र ८५ रनले पराजित गरेको थियो । दुई ओडिआई खेलको सिरिजमा भने नेपालविरुद्ध पपुवा न्युगिनीले क्लिनस्विप गरेको थियो ।

नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी त्रिकोणात्मक टी–ट्वान्टी श्रृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका ऐरी घोषित भए । उनले प्रतियोगिता अवधिभर पाँच खेलमा २५५ रन बनाउनुका साथै सात विकेटसमेत लिए । ऐरी आजको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए ।