• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

दिपेन्द्रको एक हजार रन पूरा



काठमाडौं । नेपाली युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको पपुवा न्यु गिनी विरुद्धको त्रिकोणात्मक टी२० श्रृंखलाको फाइनल खेलमा २१ रन बनाएसँगै यो उपलब्धी हासिल गरेका हुन् ।

उनी नेपालका लागि एक हजार रन पूरा गर्ने एकमात्र खेलाडी हुन् । उनले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै उक्त सफलता हासिल गरे । दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्धशतकीय इनिङ्स खेलेका छन् ।

अहिले नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १३.४ ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन जोडेको छ ।