५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व अधिकारी सफल राजनीतिज्ञ– पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले स्व भरतमोहन अधिकारीले गरेको योगदानलाई नेपाली जनताले सधैँ स्मरण गरिरहने बताउनुभएको छ । 

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनद्वारा आज यहाँ आयोजित स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन कार्यक्रममा उहाँले स्व अधिकारीले सफल अर्थमन्त्रीका रूपमा थुप्रै उदाहरण प्रस्तुत गरिसकेको स्मरण गर्दै नेपाली राजनीतिमा सडक र सदनमा पनि उहाँको भूमिकाको प्रसंशा गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले हिमालदेखि तराई तथा मेचीदेखि महाकालीसम्मका नेपाली जनताको गरिबी निवारणमा स्व अधिकारीले महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो । उहाँले नेपालको मैत्री सम्बन्ध भएको राष्ट्रमा राजदूत नियुक्ति गर्न नसक्नु सरकारको असफलता हो भन्दै युक्रेनको विषयमा सरकारले हतारमा दिएको प्रतिक्रिया असंलग्न परराष्ट्र नीतिविपरीत हो भन्नुभयो ।
    
प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादव, सामाजिक विकासमन्त्री राजन राई, स्व अधिकारीकी धर्मपत्नी सविता अधिकारी, छोरी लिमा अधिकारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेत, प्रदेश अध्यक्ष बलदेव चौधरी, नेका मोरङ उपाध्यक्ष नागेश कोइराला, नेकपा माओवादी केन्द्रका भोगेन्द्र यादव तथा फाउण्डेशनका सल्लाहकार कृष्ण पोखरेलले स्व अधिकारीले जेष्ठ नागरिकलाई वितरण गर्न सुरु गर्नुभएको सामाजिक सुरक्षाभत्ताले अहिलेसम्म निरन्तरता पाउनुले लक्षित वर्गको सम्मान भएको उल्लेख गर्नुभयो ।

सोही अवसरमा पूर्वप्रधानमन्त्री खनालले शिक्षा, स्वास्थ्य, सङ्गीत, खेलकुद, समाजसेवामा महत्वपूर्ण योगदान दिने चन्द्र थापा, भक्तराज पोखरेल, माधवराज वाना, शान्ति टण्डन, शम्भू साह, मीना जोशी र बेनीगोपाल मुन्दडालाई सम्मान गर्नुभयो ।